बेनी नगरपालिकाको असी प्रतिशत बिकास बजेट खर्च

Beni Sanjibani

चार सय योजना कार्यान्वयन

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले हालै सकिएको आर्थिक वर्ष २०७७÷७८ मा करिब चार सय वटा योजना तथा कार्यक्रम सम्पन्न गरेको छ ।

४०९ वटा योजना तथा कार्यक्रमका लागि बजेट बिनियोजन भएकोमा ३९८ वटा कार्यान्वयन भएका नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुबेदीले ३७६ वटा योजना उपभोक्ता समिति र २२ वटा ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिएको जानकारी दिनुभयो ।

Mangala Health notice about Je

पुर्बाधार तर्फ ३०२ वटा योजना थिए । स्थानीय पुर्बाधार साझेदारी कार्यक्रमका ७, प्रधानमन्त्री रोजगार कार्यक्रमका ११, शिक्षातर्फ प्रदेश सरकारका २, शिक्षा समितिका १६ वटा, सडक बोर्डको एक वटा, प्रदेशका चार, संघीयका ४ र कार्यपालिकाबाट स्विकृत भएका १४ वटा योजना थिए ।

Beni nagarpalika ko janahit ma jari notice

सडकको नयाँ मार्ग खोल्ने, पहिले निर्माण भएका सडक स्तरोन्नति, नदी तथा पहिरो नियन्त्रण, पर्यटकीय स्थलमा पुर्बाधार निर्माण, भवन, खानेपानी, सिचाई लगायतका आयोजना सञ्चालन गरेको थियो ।

बेनीमा नगरपालिकाको प्रशासकीय र ७ नम्बर वडाको भवन, क्याम्पसचोकमा बाढी ब्यवस्थापन, अर्थुङ्गेमा सडक कालोपत्रे, ६ नम्बर वडा कार्यालयको भवन निर्माण भएको छ । गलेश्वर–काउलेगौडा–पात्लेखेत, हाँडेभिर–लभ्लिहिल, दुधेखोला–हल्लेगौडा सडक नगरपालिकाले गत वर्ष महत्व र प्राथमिकता दिएका योजना हुन् ।

भकिम्लीको चिनाखेत र ज्यामरुककोटको स्यानालेकमा खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । यसैगरी गत आर्थिक वर्षमा बेनी नगरपालिकाले पुँजिगत तर्फ ८०.८ र चालुतर्फ ८३.२९ प्रतिशत बजेट खर्च गरेको छ ।

बिकास आयोजना तथा कार्यक्रम कार्यान्वयनका लागि बिनियोजन भएको रु. ४५ करोड ९३ लाख आठ हजार मध्य रु. ३८ करोड २५ लाख ९८ हजार खर्च भएको छ । शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीको तलबभत्ता, जनप्रतिनिधिको सेवा सुबिधा, प्रशासनिक कार्यका लागि चालु शिर्षकमा रु. १९ करोड १० लाख २४ हजार बिनियोजन भएकोमा रु. १५ करोड २९ लाख ८२ हजार खर्च भएको छ ।

पुजिगततर्फको रु. तीन करोड ८० लाख ४१ हजार र चालु शिर्षको रु. सात करोड ६७ लाख ९ हजार बजेट खर्च हुन सकेन् । पुजिगत शिर्षकको खर्च हुन नसकेको बजेटलाई योजना तथा कार्यक्रमका लागि बिनियोजन गर्न सकिन्छ । चालु शिर्षकको बजेट सरकारको कोषमा फिर्ता गर्नुपर्छ ।

Mangala gaupalika Health notice about rebise
प्रतिक्रिया दिनुहोस
Loading...