सडक भासिएपछि शिख र घारमा सिधा यातायात सम्पर्क बिच्छेद्

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ को कुरमुनीमा पोखरेबगर–चित्रे सडक भासिएको छ ।

पहिरोले ढलान भएको सडक भासिएपछि गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार, शिबाङ, शिख, फलाते, चित्रे हुदै पर्यटकीय स्थल घोडेपानी जोड्ने सडकमा सिधा यातायात सेवा ठप्प बनेको छ ।

दुई वटा वडालाई गाउँपालिकाको केन्द्र जोड्ने सडक पहिरोले छिया छिया भएर ठाउँ ठाउँमा अवरुद्ध हुँदा स्थानीय बासिन्दालाई आवत जावत, आलु लगायत कृषि उपज निकासी, निर्माण र दैनिक उपभोग्य सामग्री ढुवानी प्रभावित भएको छ । १४ मेगावाट क्षमताको घारखोला जलबिद्युत आयोजना निर्माण प्रभावित भएको छ ।

Shreekrishna hardwear in news

अन्नपूर्ण–६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले कुरमुनीमा ४० मिटर सडक भासिदा दुई वटा वडा सिधा यातायात सम्पर्क बिच्छेद भएको बताउनुभयो । “पहिरोले ढलान गरेको सडक भासिएको छ,” उहाँले भन्नुभयो “सडक वरपरको खेतबारीमा पनि पहिरोले क्षति गरेको छ ।”

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पोखरेबगर देखि चित्रे जोड्ने १८ किलोमिटर ५४० मिटर सडक स्तरोन्नति गरिरहेको छ । कुरमुनीमा गत हिउँदमा सडक ढलान भएको थियो । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र केसी, प्राधिकरणका आयोजना प्रमुख आकाक्षा रिजाल, वडा अध्यक्ष बरुवाल र प्राबिधिक सहितको टोलीले बुधबार भासिएको र पहिरोले क्षति पुगेको सडक निरिक्षण गर्नुभएको थियो ।

Bhautik ministry notice about road

निरिक्षणपछि ठेकेदारले एक हप्ताभित्र भासिएको ठाउँमा नयाँ मार्ग खोलेर सडकमा यातायात सुचारु गराउने र त्यसको खर्च आयोजनाले ब्यहोर्ने सहमति भएको वडा अध्यक्ष बरुवालले बताउनुभयो ।

प्राधिकरणले कच्चि, साँघुरो र ग्रेड नमिलेको सडकलाई फराकीलो बनाएर ग्राभेल, ढलान, १६ किलोमिटरमा ग्यावियन पर्खाल, मेसीनरी पर्खाल, नाली, ह्युम पाइप, कल्भर्ट, सोलीङ बनाउन र कालोपत्रे गर्न बि.स. २०७५ मंसिर ९ गते २७ करोड ९१ लाख ३५ हजार २२० रुपैयाँमा मोतीदान–जयमाता जेभीसँग सम्झौता गरेको थियो । यस आयोजनाको हालसम्म ५६ प्रतिशत प्रगति हाँसिल भएको छ ।

पोखरेबगर देखि घार, खिवाङ हुदै शिखको सिमाना सम्मको ९ किलोमिटर पुर्ण र तीन किलोमिटरमा आंशिक ब्याक कटिङ गरि, १ दशमलक ४ किलोमिटर ढलान, ११ किलोमिटर नाली, ग्यावीयन र मेसिनरी पर्खाल निर्माण भएको छ । ७ किलोमिटर दुरीमा कालोपत्रेका लागि सब बेस राखिएको छ । शिख, फलाते र चित्रे खण्डमा पहिलो चरणमा स्काभेटरले ब्याक कटिङ भएको छ ।

पोखरेबगर–चित्रे सडक सुधार भएपनि निर्माणको धिमा गति र पहिरो मुख्य चुनौति बनेको छ । म्याग्दीको गौरवको आयोजना मानिएको यो सडकको यातायात मात्र नभएर पर्यटन, कृषिको विकासका लागि महत्व छ । सडक स्तरोन्नति भएपछि पर्यटकीय स्थल घोडेपानीमा आन्तरिक पर्यटकको आगमन बढ्ने, घार, शिख, खिवाङ, फलाते, चित्रे, घोडेपानीका स्थानीयबासीलाई आवत जावतका साथै ढुवानी तथा कृषि, पशु र वनजन्य उत्पादन निकासीमा सहयोग पुग्ने अपेक्षा छ ।

पोखरेबगर–चित्रे सडक आयोजनाबाट प्रभावित क्षेत्रमा पर्ने १८ घरधुरीलाई १९ लाख ९४ हजार चार सय रुपैयाँ मुआब्जा बितरण गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले सडकको प्रवेशबिन्दुमा पर्ने क्षेत्राधिकार भित्रको घरधनीलाई ब्यवस्थापनमा लगानी गरेर आयोजनालाई अघि बढाउने वातावरण बनाएको थियो । हल्लेखर्क लगायत सडकका विभिन्न ठाउँमा आयोजना निर्माणका क्रममा सिर्जना भएको पहिरो नियन्त्रणका लागि उपभोक्ता समिति मार्फत ग्यावीयन पर्खाल निर्माण गरेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...