अनलाइन नृत्य प्रतियोगिता आयोजना

Sinchai Khanipani notice

बेनी । हरितालिका तिज पर्वको अवसरमा राष्ट्रिय संगितकर्मी संघ म्याग्दीले एकल खुल्ला अनलाइन नृत्य प्रतियोगिता आयोजना गरेको छ ।

साउन १० गतेबाट सुरु भएको प्रतियोगिता भदौ २३ गते सकिनेछ । कोरोनाका कारण भौतिक उपस्थितिमा गर्न नसकेपनि प्रबिधिको प्रयोग गरी सामाजिक सञ्जालको सहायतामा प्रतियोगिता सञ्चालन गर्न लागिएको संघका गोकुल सुनारले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

साउन २५ गतेसम्म पहिलो चरणमा पाँच मिनेट सम्मको नृत्य खिचेर संघको फेसबुक पेजमा पठाउने मध्यबाट छनौट गरि दोस्रो र तेस्रो चरणको प्रतिस्पर्धामा सहभागी बनाएर प्रथम, दृतीय, तृतीय र सान्तवना हुने कलाकार छनौट गरिने भएको छ ।

Shreekrishna hardwear in news

प्रथम, दृतीय र तृतीय हुनेलाई ट्रफी र प्रशंसापत्र सहित क्रमश ः रु. दश हजार, सात हजार, चार हजार र दुई हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...