युवा संघको अगुवाइमा मार्फा खोलामा पुल निर्माण

Gandaki Pardesh notice

जोमसोम । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ जिल्ला कमिटि मुस्ताङले घरपझोङ गाउँपालिका–२ मार्फा खोलामा आवत जावतका लागि अस्थाई पुल निर्माण गरेको छ ।

गत महिना मार्फा खोलामा आएको बाढीले त्यहाँ रहेको काठको पुल बगाएपछि सवारी साधन र मानिस वारपार गर्न समस्या भएको थियो । युवा संघको अगुवाइमा श्रमदान गरेर निर्माण गरिएको पुलबाट मोटरसाइकल र पैदलयात्रु आवत जावत गर्न सक्छन् ।

Bhautik ministry notice about road

दुई तर्फ ग्यावीयन पर्खाल र फलामको ट्रस राखेर पुल बनाएको युवा संघका केन्द्रिय सदस्य अमित तुलाचनले बताउनुभयो । नेकपा एमाले मुस्ताङका अध्यक्ष तथा गण्डकी प्रदेशसभा सदस्य चन्द्रमोहन गौचन, युवासंघ मुस्ताङका अध्यक्ष बुद्धीमाया थकाली लगायत श्रमदानमा सहभागि हुनुभएको थियो ।

Shreekrishna hardwear in news

पुल निर्माण कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, युवा संघ र अनेरास्ववीयुका नेता कार्यकर्ताका साथै डोजर अपरेटर र कर्मचारीहरुले पनि श्रमदान गरेका थिए । मार्फा खोला बेनी–जोमसोम सडक अन्तरगत पर्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...