मंगलाको भाइबाङमा पहिरोले तीन परिवार बिस्थापित

Add Samajik bikash office

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ भाइबाङमा पहिरोबाट तीन परिवार बिस्थापित भएका छन् ।

बस्ती देखि ३०० मिटर माथिबाट पहिरो खस्न थालेपछि जोखिममा रहेका तीन परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङका अनुसार भाइबाङका बिरबहादुर नेपाली, चन्द्रबहादुर दमाई र नन्दलाल रिजालका परिवार बिस्थापित भएका हुन् । तीन परिवारका १६ जनालाई सामुदायिक भवनमा राखिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसैगरी धवलागिरी गाउँपालिका–३ को सोलबाङमा प्रहरीले गाँजा फडानी गरेको छ । ताकम–मुना प्रहरी चौकीबाट खटिएको टोलीले १०० वटा गाँजाको बोट फडानी गरि नष्ट र लागू औषध सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ ।

यस्तै ठेक्का सम्झौता बिनै कानुन बिपरित बेनपा १ स्थित ढोडेनी खोलामा कालीगण्डकी दोहनमा प्रयोग भएको एक वटा एक्साभेटर र एक वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सातबिसे कन्ट्रक्सनको स्काभेटर र ध १ त ५८० नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । मंगलबार प्रजिअ गणेशबहादुर अधिकारीको नेतृत्वमा आनन्दबगर, सारेमारे र ढोडेनी स्थित अनाधिकृत उत्खनन् भइरहेको ठाउँको अनुगमन भएको थियो ।

अनुगमन टोलीले आनन्दबगरमा दुई वटा र सारेमारेमा एक वटा डोजर भेटाएको थियो । दुई ठाउँका एक्साभेटर स्थानीय प्रहरी चौकी मार्फत नियन्त्रणमा लिएर जिल्ला ल्याउने प्रक्रियामा रहेको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...