धवलागिरीका लक्षित समुदायले आठ महिनादेखिको सामाजिक सुरक्षा भत्ता पाएनन्

Sinchai Khanipani notice

बेनी । म्याग्दीको धवलागरी गाउँपालिकाका लक्षित समुदायले गत आर्थिक वर्ष २०७७÷७८ को सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।

ताकम स्थित प्रभु बैंक लिमिटेडको शाखाको कमजोरीले जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुले गत आर्थिक वर्षको आठ महिनाको सामाजिक सुरक्षा भत्ता नपाएका हुन् । बैंकको शाखाले तोकिएको समयमा सामाजिक सुरक्षा भत्ता बितरण गर्न नसक्दा करिब तीन हजार जना लक्षित समुदाय मर्कामा परेका छन् ।

गाउँपालिकाले २०७८ असार मसान्त अघिनै सामाजिक सुरक्षा भत्ता बितरणका लागि बजेट पठाएपनि बैकले आर्थिक वर्ष सकिएको १० दिनसम्म पनि बाड्न सकेको छैन् । आर्थिक वर्ष २०७७÷७८ देखि धवलागिरीका सबै वडाका लक्षित व्यक्तिहरुलाई बैंक मार्फत सामाजिक सुरक्षा भत्ता बितरण गर्न खाता खोलिएको थियो ।

Shreekrishna hardwear in news

यसअघि वडाका जनप्रतिनीधि र सचिबले बितरण गर्दै आएका थिए । पारदर्शी बनाउन र दुरुपयोग रोक्न बैंक मार्फत बितरण गर्ने नीति लिएको हो । बैंकले वडामै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्न सम्झौता गरेको थियो ।

Bhautik ministry notice about road

दुई तीन पटक सम्म बैंकमा पुगेपनि भत्ता नपाएको भन्दै आइतबार ताकम र धारापानीका लक्षित समुदायका व्यक्तिहरुले वडा अध्यक्ष कलानिधी सुबेदीको ध्यानाकर्षण गराएका थिए । समयमै सामाजिक सुरक्षा भत्ता बितरण नहुँदा लक्षित समुदायको जिविकोपार्जनमा समस्या भएको गुनासो गरेका छन् ।

एक जना लक्षित समुदायले आठ महिनाको रु. २४ हजारका दरले भत्ता बुझ्न बाँकी छ । कतिपय जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक र एकल महिलाले सामाजिक सुरक्षा भत्ताको रकमले घरखर्च चलाउँछन् । चाडपर्वमा दान दक्षिणा दिन सामाजिक सुरक्षा भत्तामै निर्भर छन् ।
गाउँपालिकाको पञ्जिकरण शाखाकी कर्मचारी यामकुमारी पुनका अनुसार दुई हजार ९२६ जना लाभग्राही मध्य दुई हजार ६२५ जनाले बैंकमा खाता खोलेका छन् । उनिहरुलाई सामाजिक सुरक्षा भत्ता बितरण गर्न एक चौमासिकमा रु. दुई करोड २९ लाख ६६ हजार ८०१ रुपैयाँका दरले बजेट पठाइएको थियो ।

दुई चौमासिकको रु. चार करोड ५० लाख भन्दा बढी बैंकले पालिकाबाट भुक्तानी लगिसकेको छ । प्रभु बैंक लिमिटेडको धवलागिरी शाखाका प्रबन्धक जितेन्द्र शेरचनले कर्मचारीलाई कोरोना संक्रमण भएको, आर्थिक मसान्तको अन्तिममा नियमित काममा व्यक्त हुनुपरेको र ताकमका केही लक्षित समुदायको बैंक खाताको बिबरण नमिलेकाले भत्ता बितरण गर्न ढिलाई भएको बताउनुभयो ।

“हकदार, नागरिकता र परिचयपत्रको बिबरण फरक देखिएका केही लक्षित व्यक्तिहरुको समस्याले वडा नम्बर ७ को खातामा भत्ता पठाउन पाएका छैनौ । रुजु गरेर एक–दुई दिनमा पोष्टिङ गर्न लागेका छौ,” उहाँले भन्नुभयो “अन्य ६ वटा वडाको खातामा पैसा पठाइसकेका छौ । यसै हप्ताभित्र वडामै पुगेर बितरण गर्न तयारीमा छौ । बैंकको जुनसुकै शाखाबाट भुक्तानी लिन सक्नुहुन्छ ।”

धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले ब्यापक जनगुनासो आएकाले सुरक्षाकर्मी, जनप्रतिनिधी र कर्मचारीहरुसँग समन्वय गरेर जति सक्दो छिटो वडा वडामा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्न बैंकलाई ताकेता गरेको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...