बेनीको बगरमा नदीको दोहन र बालुवा चोरी

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी स्थित कालीगण्डकी नदीको बगरबाट ठेक्का सम्झौता बिनै बालुवा उत्खनन भएको छ ।

बेनी–१ को आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन गरि चोरी निकासी भएको हो । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले सर्वोच्च अदालतले हालै गरेको फैसला र सरकारको निर्णय बिपरित अबैध रुपमा कालीगण्डकीबाट बालुवा उत्खनन् भएको पाइएको बताउनुभयो ।

प्रजिअ अधिकारीको नेतृत्वमा मंगलबार प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, शसस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङ र राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत महेश गुरुङको टोलीले उत्खनन् भैरहेको बगरको अनुगमन भएको थियो । अबैध नदी दोहनले नगरपालिकाको आयस्रोत गुमेको, कानुन र सरकारी मापण्डको धज्जी उडेको छ । तटीय क्षेत्रमा कटानको जोखिम बढेको छ ।

Shreekrishna hardwear in news

“असार देखि भदौ सम्म नदी उत्खनन् गर्न नपाउने सरकारी नियम छ । हालै सर्बोच्च अदालतले कालीगण्डकीमा डोजर प्रयोग गरेर उत्खनन गनृ नपाउने फैसला गरेको छ,” प्रजिअ अधिकारीले भन्नुभयो “यहाँ ठेक्का सम्झौता बिनै डोजर लगाएर खोलामा स्पर बनाएर बालुवा उत्खनन् गरेको भेटियो । कानुनी कारबाहीका लागि सिफारिस गर्छौ ।”

बेनी नगरपालिकाले गत असार १ गतेनै सूचना जारी गरेर बगर उत्खनन् बन्द गरेको थियो । प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले बगरबाट बालुवा उत्खनन्मा प्रयोग भएका चार वटा एक्साभेटरका धनी र उत्खनन्मा संलग्नलाई प्रहरी कार्यालयमा उपस्थित हुन निर्देशन दिएको बताउनुभयो ।

एक्साभेटर र थुपारेको बालुवा जफत गरेर कारबाहीका लागि जिल्ला समन्वय समिति मार्फत नगरपालिकामा पठाउँछौ । “यसअघि पनि जिल्लाका बिभिन्न बगरमा मापदण्ड बिपरित उत्खनन्मा प्रयोग भएका सवारी साधन नियन्त्रणमा लिएर पालिकालाई कारबाहीका लागि सिफारिस गरेका थियौ, यसलाई पनि नगरपालिकामा पठाउछौ,” उहाँले भन्नुभयो “यसअघि प्रहरीले अबैध उत्खनन्मा प्रयोग भएका सवारी साधनलाई जरिवाना गर्न पालिकाहरुले बेवास्ता गर्नाले पनि त्यस्ता गतिबिधी नियन्त्रण गर्न चुनौति देखिएको छ ।”

Bhautik ministry notice about road

ढोडेनी खोला र कालीगण्डकीको दोभान स्थित म्याग्दीको भूगोलमा पर्ने ढोडेनी खोला भन्ने ठाउँमा बागलुङतर्फबाट डोजर ल्याएर बालुवा निकालेर थुपारेका छन् । त्यहाँ करिब १०० टिप्पर बालुवा थुपारिएको छ ।

सो बालुवा कालीगण्डकी नदीबाट निकालेर राखिएको हो । बालुवाको थुप्रोसँगै राखिएको डोजर बेनी–मालढुङ्गा सडकबाटै देखिन्छ । ढाडेनीखोला भन्दा करिब ८०० मिटर माथि सारेमारेको झोलुङ्ग नजिकै पनि करिब दश दिन देखि डोजर प्रयोग गरेर बालुवा निकालीरहेका छन् ।

त्यहाँ करिब ३० टिप्पर बालुवा थुपारिएको छ । दिउँसो नजिकैको जंगलभित्र लुकाएर राख्ने डोजर बिहान र साँझमा बगरमा लगेर बालुवा निकाल्ने गरेका स्थानीयले बताएका छन् ।

आनन्दबगरमा पनि दुई वटा डोजर प्रयोग गरेर दिनदाहादै कालीगण्डकीबाट बालुवा निकालिरहेका छन् । उनिहरुले दुई सय टिप्पर भन्दा बढी बालुवा निकालेर थुपारेका छन् । ठेक्का प्रतिस्पर्धा र नगरपालिकाले तोकेको ठाउँ भन्दा अन्यत्र मेसिन प्रयोग गरेर बगर उत्खनन् गर्न नपाउने कानुनी ब्यवस्था छ ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुबेदीले असार १ गतेदेखिनै बगर उत्खनन गर्न रोकिएको बताउनुभयो । प्रहरीले नियन्त्रणमा लिएर बुझाएमा कारबाही प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो ।

ढाडेनीखोलामा कालीगण्डकीले सँयौ रोपनी खेतीयोग्य जमिन कटान गरेको छ । कालीगण्डकीमा भएको अनियन्त्रित र अब्यवस्थित नदी दोहनका कारण सारेमारे र ढोडेनीको बिचमा रहेको जंगल पहिरो चलेर सखाप भएको छ ।

ढोडेनीखोलामा एक्साभेटर प्रयोग गरेर गरिएको उत्खनन्ले कालीगण्डकी पारी पर्वतको जलजला गाउँपालिकाको फर्सेमा कटानको जोखिम बढाएको नाग्लीबाङका वडा अध्यक्ष हरिबिकास जिसीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...