दिवंगत छोराको स्मृतिमा अस्पताललाई सहयोग

Shreekrishna hardware

बेनी । बेनी नगरपालिका–६ अर्थुङ्गेका यामबहादुर र हरिकला केसीको परिवारले बेनी अस्पताललाई रु ३ लाख ७१ हजार मुल्य बराबरको सहयोग गर्नुभएको छ । दिवंगत छोरा डा. मंगल केसीको १२ औँ स्मृतिमा घरपरिवारले बेनी अस्पताललाई ६ थान सेमिफोल्डिङ्ग बेड सेट, ६ थान फुट स्टेप, ६ थान डिलक्स बेड साईड लकर सहयोग गर्नुभएको हो ।

मंगलवार अस्पतालमा आयोजित कार्यक्रममा दिवंगत केसीका हजुरबुबा टेकबहादुर, आमा हरिकला, फुपु जुनेली थापा र मामा बेलबहादुर कटुवालले अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कँडेललाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको थियो । केसी परिवारले उपलब्ध गराउनुभएको सामाग्रीलाई अस्पतालले हालै निर्माण गरेको भवनको वार्ड सञ्चालनमा उपयोगमा ल्याउने गरि व्यवस्थापन गरिसकिएको अस्पतालका प्रमुख डाक्टर कँडेलले जानकारी दिनुभयो ।

Ban devision notice

गरिब, विपन्न र असाह्य नागरिकको उपचार गरि सेवा गर्ने अठोट लिएर डाक्टर बनेको छोराको अल्पआयुमै निधन भएकाले बेनी अस्पतालमा आउने गरिब विपन्न परिवारका नागरिकको उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले छोराको स्मृति दिनमा अस्पताललाई सहयोग गरिएको केसीका घरपरिवारको भनाई छ ।

Shreekrishna

‘‘ पछि परेका समुदायका नागरिकको उपचार गरि सेवा गर्ने उहाँको चाहना थियो, तर उहाँको चाहना पुरा हुन पाएन, कम्तीमा उहाँले राखेको उदेश्यलाई घरपरिवारले पनि त पुरा गरिदिन सक्छौँ भनेर अस्पताललाई सहयोग गरिएको हो’’– बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका दिवंगत केसीका मामा बेलबहादुर कटुवालले भन्नुभयो ।

उक्त अवसरमा केसीका घरपरिवारले बेनी अस्पतालमा उपचाररत विरामीहरुलाई फलफुल समेत वितरण गर्नुभएको थियो भने अस्पतालका प्रमुख डाक्टर कँडेलले नयाँ वार्ड सञ्चालनको लागि आबश्यक सामाग्रीको बन्दोबस्त मिलाईदिएकोमा केसीका परिवारलाई धन्यबाद दिँदै प्राप्त सामाग्रीको सहि उपयोग र संरक्षण गरिने बताउनुभयो । गण्डकी प्रदेश सरकार मार्फत उपलब्ध भएको रु ३५ लाख बजेटबाट बेनी अस्पतालमा १२ बेड देखि १५ बेड क्षमता सम्म वार्ड सञ्चालन गर्न सकिने भवन निर्माण भएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...