एमाले म्याग्दीका नेताहरुद्धारा स्व. थजालीप्रति श्रद्धाञ्जली

Gandaki Ghumau

बेनी । नेकपा एमाले म्याग्दीका सचिब बालकृष्ण सुबेदीको टोलीले मंगलबार रघुगंगा गाउँपालिका–५ झिँका वडा कमिटि अध्यक्ष स्व. कृष्ण थजाली प्रति श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ ।

असार ३० गते पाखापानीमा बिद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर ज्यान गुमाएका थजाली प्रति श्रद्धाञ्जली ब्यक्त गर्न सुबेदी, एमालेका सचिवालय सदस्य कृष्णकुमार बिश्वकर्मा, नेता निरज शेरपुजा, झलक आचार्यको टोली झिँ पुगेको हो ।

तेहै पुण्य तिथी पारेर स्व.थजालीप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनलाई भेटेर सान्तवटा व्यक्त गर्नुभएको हो । थजाली राजनीतिका साथै सामाजिक क्षेत्रमा पनि क्रियाशिल हुनुहुन्थ्यो ।

Shreekrishna
Gunasthariya Shiksya

यसअघि एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, प्रदेश कमिटिका सदस्य नवराज शर्मा, चन्द्रकुमार केसी सहितको टोलीले केही दिनअघि थजालीको घरमा पुगेर श्रद्धाञ्जली र परिवारलाई समवेदना ब्यक्त गर्नुभएको थियो ।

केन्द्रिय तहमा एमालेमा देखिएको बिवादको असर जिल्ला हुदै वडा तहमा पनि पुगेको छ । जसका कारण एमालेको दुई पक्ष वडा कमिटिका अध्यक्षलाई श्रद्धाञ्जली र परिवारलाई समवेदना व्यक्त गर्न सँगै र एकै दिन पुग्न सकेनन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...