अन्नपूर्णको स्थानीय पाठ्यक्रम तयार

Sinchai Khanipani notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तयार पारेको पाठ्यक्रम अनुसारको पुस्तक छपाई गरेर नयाँ शैक्षिक सत्रदेखि पठनपाठन गराउन लागेको हो ।

नेपालको संविधानले स्थानीय पालिकालाई प्राथमिक तहको पाठ्यक्रम बनाएर आवश्यकताअनुसार लागू गर्ने अधिकार दिएको छ । उक्त अधिकार भए पनि लामो समयसम्म अभ्यास भएको थिएन ।

गाउँ शिक्षा ऐन अनुसार पाठ्यक्रमको मस्यौदा कार्यपालिका बैठकबाट पारित गरि पुस्तक छपाएर लागु गर्न लागिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“मौलिक बिषयबस्तुमा आधारित कक्षा १ देखि ५ सम्मको पाठ्यक्रम तयार भएको छ,” उहाँले भन्नुभयो “स्थानीय पाठ्यक्रम अनुसार कक्षा १ को पुस्तक बनाएर छपाई गरी बिद्यालयहरुलाई बितरण गर्दैछौ ।” १०० पर्णाङ्कको पुस्तकमा १४ वटा इकाई छन् ।

पुस्तकमा गाउँपालिकाको परिचय, सामाजिक संस्कार, संस्कृति, धार्मिक स्थलहरु, बिकासका पुर्बाधाररु र हरित बिद्यालय, प्राकृतिक स्रोत र सम्पदा, प्राकृतिक प्रकोप, पर्यटन, परम्परागत प्रबिधि, पेशा, उद्यमशिलता र सुखी जिवन, ट्राफिक र सडक रेखा सम्बन्धी शिक्षालाई समावेश गरिएको छ ।

Bhautik ministry notice about road

यसैगरी नैतिकता सहितको जिवनउपयोगी शिक्षा, स्थानीय खेलकुद, स्थानीय आदर्श ब्यक्तिहरु र समसामयिक बिषयबस्तुहरुलाई समेटिएको पुस्तकको पाठ्यभार घण्टा १६० घण्टा छ । ७० प्रतिशत चित्र र ३० प्रतिशत शब्द राखिएको छ । ट्राफिक नियमलाई पनि पुस्तकमा राखिएको छ ।

हाम्रो गाउँपालिका नाम राखिएको कक्षा १ को एक हजार प्रति पुस्तक छपाई भएको छ । पालिका भरका ३६ वटा सामुदायिक बिद्यालयको कक्षा १ मा २५० जनाको हाराहारीमा बिद्यार्थी छन् । गाउँपालिकाले गत आर्थिक वर्षमा पाठ्यक्रम निर्माणका लागि रु. तीन लाख र पुस्तक छपाई गर्न रु. चार लाख ९८ हजार बजेट बिनियोजन गरेको थियो ।

गाउँपालिकाका शिक्षा शाखाका स्रोत व्यक्ति भरत पुनले पाठ्यक्रम निर्माणका लागि बिनियोजन भएको सबै बजेट खर्च नभएको बताउनुभयो । उहाँले आगामी वर्षका लागि पनि आवश्यक पर्ने कक्षा १ को पुस्तक यसै बर्ष छपाई गरेको बताउनुभयो ।

आगामी वर्ष कक्षा २ र ३ को पनि पुस्तक तयार पारेर लागु गर्ने गाउँपालिकाले जनाएको छ । शिक्षा शाखाका कर्मचारी र सामुदायिक बिद्यालयका शिक्षक तथा सरोकारवालाहरुको सहभागितामा पाठ्यक्रम र पुस्तक निर्माण भएको हो ।

शिक्षा अधिकृत कटुवालको संयोजकत्वमा बिषय समिति र स्रोत व्यक्ति पुनको संयोजकत्वमा पाठ्यक्रम निर्माण तथा मस्यौदा समिति गठन भएको थियो । गाउँ कार्यपालिकाको सामाजिक बिकास समितिका संयोजक ओम फगामीले संबिधानले दिएको अधिकार प्रयोग सँगै बालबालिकाले आफ्नो पालिकाको बारेमा जान्ने र बुझ्ने अवसर पाउने बताउनुभयो ।
“स्थानीय पाठ्यक्रम लागू भएपछि पालिकको मौलिकपना पनि बढ्ने छ,” उहाँले भन्नुभयो “धार्मिक क्षेत्र, ऐतिहासिक पक्ष, जनजीवन, भाषा र संस्कृति, भूगोल तथा कृषि क्षेत्रको बारेमा बालबालिकाले जान्ने, बुझ्ने अवसर पाउनेछन् ।” यसअघि बेनी नगरपालिकाले गत वर्ष जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रम र पुस्तक तयार पारेर लागु गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...