बेनीमा बिप्लप नेकपाको पार्टी कार्यालय सञ्चालन

Gandaki Pardesh notice

बेनी । सरकारले प्रतिबन्ध फुकुवा गरेपछि नेत्रबिक्रम चन्द् (विप्लप) नेतृत्वको नेकपाले म्याग्दीको बेनी स्थित पार्टीको सम्पर्क कार्यालय पुनसञ्चालनमा ल्याएको छ ।

नेकपाका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इञ्चार्ज धु्रब घिमिरे (बिप्लप)ले तत्कालीन खाद्य संस्थानले बिक्री गरेको भवनमा पुनसञ्चालन भएको पार्टी कार्यालयको उद्घाटन गर्नुभयो । बि.स. २०७५ फागुनमा सरकारले प्रतिबन्ध लगाएपछि बेनीमा रहेको नेकपाको पार्टी कार्यालय बन्द थियो ।

हालै सरकारसँग भएको तीन बुझे सहमति पश्चात खुल्ला राजनीतिमा आएका नेकपाले पुरानो भवनलाई रंगरोगन र मर्मत गरेर कार्यालय पुनसञ्चालन गरेका हुन् । कार्यालय उद्घाटन कार्यालयलाई सम्बोधन गर्दै नेकपाका नेता घिमिरेले प्रगतिशिल संयुक्त सरकार गठन गर्नुपर्ने र व्यक्ति नभएर व्यवस्था रोज्ने गरी जनमतसंग्रहका लागि चुनाव गर्नुपर्ने बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

न्याय, समानता र ओरिजनल कम्युन्ष्टि ब्यवस्था स्थापना गर्ने राजनीतिक एजेण्डा लिएर खुल्ला राजनीतिमा आएको नेता घिमिरेले बताउनुभयो । दलाल र पुजीवादले राजनीतिलाई पद तथा पतिष्ठामा सिमित बनाएकाले समाजमा झाँगिएको भ्रष्ट्राचारी र दलालहरुको संगठित जालो तोड्न आवश्यक रहेको बताउनुभयो ।

सम्बोधनका सुरुवातमा भावुक रुपमा प्रस्तुत भएका नेता घिमिरेले राजनीतिको मुल नेतृत्व सहि नहुँदा जनयुद्ध, जनआन्दोलनको मुल लक्ष्य प्राप्ति हुन नसकेकाले विप्लपको नेतृत्वमा जनवादी राज्य ब्यवस्था स्थापना हुने बताउनुभयो ।

अखिल क्रान्तिकारीका धौलागिरी ब्युरो इञ्चार्ज सुरेन्द्र बस्नेतको सञ्चालन, नेकपाको म्याग्दी जिल्ला सेक्रेटरी दिपाको सञ्चालन र अनेमसंघकी ममताको स्वागतमा भएको कार्यक्रममा मुस्ताङका जिल्ला इञ्चार्ज फिल्टरले खुल्ला राजनीतिमा आएपनि जनजिविका र जनताको समस्याको एजेण्डा नछोडेको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...