स्वाँतखोलाको पुलको पहुँचमार्ग पहिरोले बगायो

Gandaki Pardesh notice

शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख स्थित स्वाँतखोलामा निर्माण भएको मोटरेबल पुलको पहुँचमार्ग पहिरोले बगाएको छ ।

करिब डेढ सय मिटर सडक पहिरोले बगाएपछि सवा दुई करोड रुपैयाँ भन्दा बढी खर्चेर दुई वर्षअघि निर्माण भएको आर्क प्रबिधीको मोटरेबल पुल प्रयोग बिहिन बनेको छ ।

Bhautik ministry notice about road

शिख देखि स्वाँत, किन्दु जोड्ने सडक अवरुद्ध भएको छ । स्थानीयबासीहरुलाई आवत जावतका साथै आलु लगायत कृषि उपज निकासी, खाद्यान्न र निर्माण सामग्री आयातका लागि खच्चर र भरियाको भर पर्नुपर्ने अवस्था आएको छ ।

Shreekrishna hardwear in news

तत्कालीन जिल्ला प्राबिधिक कार्यालयले बि.स २०७३ मा सुरु गरेको ३० मिटर लामो यो पुल बि.स. २०७६ मा प्रदेश सरकार अन्तरगतको पुर्बाधार बिकास कार्यालयले पुर्णता दिएको थियो । स्वच्छन्द–गौचन जेभीले रु. दुई करोड २५ लाख मा यो पुल निर्माणका लागि ठेक्का लिएको थियो ।

लक्ष्य भन्दा दुई वर्ष ढिलागरी निर्माण सकिएको पुल दुई वर्ष पनि प्रयोग गर्न नपाउदै पहुँचमार्ग बगाएपछि स्थानीयबासी चिन्तित भएका छन् । पुलको अभावमा शिखदेखि स्वाँत र किन्दु जाने आउने सवारी साधन खोलाबाटै वारपार गर्नुपर्ने बाध्यता छ । खोलामा बाढी आउँदा स्थानीयलाई आवात–जावत र ढुवानीमा समस्या भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...