पहिरोले म्याग्दीको गुर्जा खोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Gandaki Ghumau

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ स्थित गुर्जा खोला थुनिएको छ ।
गुर्जाको खास्का भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा खोला थुनिएको हो । गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले पहिरोले खोला थुनिएर तलाउ बनेको छ ।

“तलाउ एकै पटक फुटेर बगेको अवस्थामा तटीय क्षेत्रमा कटान गर्ने जोखिम हुने भएकाले साबधानी अपनाउन आवश्यक छ,” उहाँले भन्नुभयो “खेतमा काम गर्न गएकाहरुले खोला थुनिएको देखेर खबर गरेपछि हामी त्यसतर्फ जाँदैछौ ।”

गुर्जा हिमालको फेदीमा मुहान भएको गुर्जा खोला म्याग्दी नदीको सहायक खोला हो । धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मुदीमा गुर्जा खोला म्याग्दी नदीमा मिसिन्छ । सदरमुकाम बेनीमा आएर म्याग्दी खोला कालीगण्डकीमा मिसिन्छ ।

Shreekrishna
Gunasthariya Shiksya

पहिरो खसेर खोला थुनिएको ठाउँमा पुग्न गुर्जाबाट दुई घण्टा पैदल हिड्नुपर्छ । दुबै किनारमा भिर भएको साँघुरो खोचमा पहिरो खसेर खोला थुनिएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो ।

पहिरो गएको र तलाउ बनेको ठाउँसम्म पुग्ने बाटो छैन् । कृषकहरुले टाढैबाट देखेर खबर गरेका हुन् । केही समय खोला सुकेको थियो । तलाउ भरिएर साँझ ओभरफलो भएर बग्न थालेको उहाँले बताउनुभयो ।

धवलागिरी, मालिका, मंगला गाउँपालिका र बेनी नगरपालिका भएर म्याग्दी नदी बग्छ । चार वटै स्थानीय तहको तटीय क्षेत्रका बस्तिमा सतर्कता अपनाउन आग्रह गरिएको छ । वडा अध्यक्ष छन्त्यालको टोली आइतबार बिहानै घटनास्थलतर्फ जाने तयारी गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...