वीपी स्मृति दिवसमा राहत वितरण

Gandaki Ghumau

बेनी । नेपाली कांग्रेस म्याग्दीले बुधबार ३९ औं वीपी स्मृति दिवस मनाएको छ । नेपाली कांग्रेसका संस्थापक नेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाएको हो । पार्टी कार्यालयमा वीपीको तस्बिरमा माल्यार्पण र जिल्लाका विभिन्न ठाउँका बाढी–पहिरो पीडितलाई राहत वितरण गरेर काँग्रेस म्याग्दीले जनाएको छ ।


जिल्ला सभापति खमबादुर गर्बुजा(खम्बिर)ले देशमा लोकतान्त्रिक समाजवाद स्थापनाका लागि नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले महत्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ । उहाँले विश्व राजनीतिमा प्रजातान्त्रिक समाजवादी नीतिका लागि वीपीको योगदान अविस्मरणीय रहेको स्मरण गर्दै गरिबको उन्नतीका लागि वीपी चिन्तन अपरिहार्य रहेको बताउनुभयो । सत्तामा रहनेले गरिब, दुःखी, किसान, मजदूरको उन्नतीका लागि काम गर्न सक्ने सामथ्र्य नै वीपीको समाजवाद भित्रको सिद्धान्त रहेको उहाँले बताउनुभयो ।

Gunasthariya Shiksya


कांग्रेस म्याग्दीका सचिव क्याप्टेन मिन बहादुर कार्कीका अनुसार वीपी स्मृतिमा जिल्लाको बेनी नगरपालिका वडा नम्बर २ र ६ का गरी ६ जना बाढी–पहिरो पीडित परिवारलाई जनही दुई हजार ५ सय रुपैयाँँका दरले राहत वितरण गरिएको छ । उक्त राहत सभापति गर्बुजाले वितरण गर्नुभएको थियो ।

Shreekrishna


स्मृति दिवसमा कांग्रेस म्याग्दीका पुर्व जिल्ला सहसभापति नेत्रबहादुर महत, जिल्ला उपसभापति माधवप्रसाद रेग्मी, सचिव तथा बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ, कोषाध्यक्ष टंक हमाल, महासमिति सदस्य चिरञ्जीवि शर्मा, जिल्ला सदस्य तथा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचन लगायतले वीपीको योगदान अविस्मरणिय रहेको उल्लेख गर्नुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...