मुन्द्रा चढाउने डाडा जोड्ने पदमार्ग निर्माण

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित पर्यटकीय स्थल मुन्द्रा चढाउने डाडा उक्लने पदमार्ग निर्माण भएको छ ।

मुन्द्रा चढाउने डाडाको पर्यटन बिकासका लागि अन्नपूर्ण गाउँपालिकाले पदमार्ग निर्माण गरेको हो । भुरुङ्ग–तातोपानीमा आउने पर्यटकको बसाई लम्बाउन मान्द्रेढुङ्गा हुदै बराह गुफा देखि मुन्द्रा चढाउने डाडा सम्म जोड्ने पदमार्ग बनाएको वडा अध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिनुभयो ।

“मुन्द्रा चढाउने डाडालाई नयाँ पर्यटकीय गन्तब्य स्थलको रुपमा बिकास गर्न पुर्बाधार बनाएका हौ,” उहाँले भन्नुभयो “सडकका कारण पुराना पदमार्ग र पर्यटकको बसाई छोटिएकाले नयाँ गन्तब्य पहिचान गरेका छौ ।”

Shreekrishna hardwear in news

आर्थिक वर्ष २०७७÷७८ मा गाउँपालिकाले बिनियोजन गरेको रु. दश लाख बजेटबाट दुई किलोमिटर पाँच सय मिटर पदमार्ग निर्माण भएको गाउँपालिकाका इञ्जिनियर ईश्वरबहादुर भण्डारीले बताउनुभयो । अप्ठ्यारो, उकालो र साँघुरो ठाउँमा ढुङ्गाको सिढी चिनेर तथा तेर्सो ठाउँमा माटो खनेर पदमार्ग बनाइएको छ ।

पदमार्ग निर्माण भएपछि लडेर दुर्घटन हुने, बाटो अलमलिएर हराउने समस्या हटेको छ । झाडी हटाएर सरसफाई गरिएको छ । मान्द्रेढुङ्गा देखि पाँच घण्टा पैदल हिडेपछि मुन्द्रा चढाउने डाडामा पुगिन्छ । पदमार्ग निर्माणका लागि जंगलमै बास बसेको उपभोक्ता समितिका अध्यक्ष भक्तबहादुर कामीले बताउनुभयो ।

Bhautik ministry notice about road

मजदुरहरुलाई जंगलमै अस्थाई टहरा बनाएर राखिएको थियो । मुन्द्रा चढाउने डाडा समुन्द्रि सतहदेखि तीन हजार चार सय मिटरको उचाइमा अवस्थित छ । यो बाटो भएर धौलागिरी आइसफल र आधार शिविर जान सकिन्छ ।

यहाँबाट धौलागिरी, निलगिरी, अन्नपूर्ण, गुर्जा, माछापुच्छ्रे, मनास्लु लगायत २० भन्दा बढी हिमशृङखला, सुर्योदय, पहाडी भूगोल, नागबेली परेर बगेको कालीगण्डकी, बनजंगलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । मुन्द्रा चढाउने डाडामा जाने बाटोमा पर्ने बराह गुफाको धार्मिक पर्यटकीय सम्भावना छ ।

खानेपानी, शौचालय र पाहुना आश्रय स्थलको आवश्यकता छ । यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत अन्नपूर्ण गाउँपालिकाको रु. सात लाख सहयोगमा बेरोजगार युवाहरुलाई परिचालन गरेर भुरुङ्ग–तातोपानीको सिंगारेढुङ्गा देखि मान्द्रेढुङ्गा जोड्ने पदमार्ग निर्माण भएको छ ।
उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर गर्बुजाले १४ जना युवाहरुले एक महिनासम्म श्रम गरेर दुई किलोमिटर पदमार्ग बनाएको बताउनुभयो । पदमार्ग निर्माण भएपछि मान्द्रेढुङ्गा र ठुलोबगरका करिब डेढ सय घरधुरीलाई आवत जावत गर्न सहज भएको छ ।

मान्द्रढुङ्गाका बासिन्दालाइ ठुलोबगर हुदै गाउँपालिकाको केन्द्र पोखरेबगर र ठुलोबगरका बासिन्दालाई वडा कार्यालय भएको मान्द्रेढुङ्गा आवत जावत गर्न सुबिधा पुगेको हो । यो गाउँपालिकाको केन्द्र पोखरेबगर र वडा कार्यालय भएको मान्द्रेढुङ्गा आवत जावत गर्न छोटो दुरिको पैदलमार्ग हो ।

भिरको उकालो बाटोमा ढुङ्गाको सिढी चिनेर पदमार्ग बनाएका छन् । पदमार्ग बनेपछि सुरक्षित रुपमा आवत जावत गर्न पाएका छन् । अर्को वर्ष सिगारेढुङ्गा देखि नागढुङ्गा तर्फ जोड्ने पदमार्ग बनाएर योजनालाई पुर्णता दिने योजना रहेको वडा अध्यक्ष फगामीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...