सार्वजनिक यातायातको भाडा बृद्धिको युवा संगठन नेपालको बिरोध

Gandaki Pardesh notice

बेनी । नेपाल कम्युनिष्ट पाटी (विप्लप) निकट युवा संगठन नेपालले सार्वजनिक यातायातको भाडा बृद्धिको विरोध गरेका छन् । मंगलबार युवा संगन नेपाल म्याग्दीले यातायात ब्यवसायीले गरेको चर्को भाडा असुलीको विरुद्धमा विरोध गरेका हुन् ।

कालीपुल बसपार्कमा रहेको ट्राफिक कार्यालय अगाडी र कालीपुलको चेकपोष्टमा जिल्लामा आवातजावत गर्ने सवारीसाधनलाई रोकेर यात्रुसंग भाडादर सोधबुज तथा चर्को भाडा असुली भए नभएको विषयमा जानकारी समेत लिएको युवा संघ नेपाल म्याग्दीका संयोजक नवराज विश्वकर्मा (नविन)ले बताउनुभयो ।

Bhautik ministry notice about road

संगठनले चर्को भाडाको विरोध गर्दै यातायात ब्यवसायीलाई पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको बाहानामा मनपरी भाडा असुली नगर्न समेत सचेत गराइएको बताउनुभयो । संगठनले ट्राफिक प्रहरीलाई समेत गम्भिर रुपमा यातायातको भाडादरको निरिक्षण गर्न आग्रह गरेका गरेका थिए ।

Shreekrishna hardwear in news

सवारीसाधनको अनिवार्य भाडादर सार्वजनिक गनुपर्ने, यात्रुसंग सभ्य भाषाको प्रयोग गर्न, यात्रुहरुको सेवासुविधा सवारीसाधनको विमा, यात्रु विमा लगायतको विषयमा सचेत गराईएको संगठनले जानकारी दिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...