बाढीले घर भत्किदा ज्यान गुमाएकाको परिवारलाई मन्त्री अधिकारीबाट राहत हस्तान्तरण

Gandaki Pardesh notice

बेनी । गण्डकी प्रदेश सरकारले मंगलबार म्याग्दीमा पहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहत रकम उपलब्ध गराएको छ ।

गत असार २३ गते बाढीले घर भत्काउँदा ज्यान गुमाएका मालिका गाउँपालिका–६ का जगिन र बिना रोकाका परिवारलाई रु. एक लाख हस्तान्तरण गराएको हो । मंगला गाउँपालिका–६ छिस्वाङमा पहिरोले घर भत्काउदाँ सुतेकै ठाउँमा रोका दम्पत्तिको ज्यान गएको थियो ।

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी, प्रदेशसभा सदस्य बिनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जगिनका बुवा र बिनाका ससुरा खगेन्द्रलाई रु. एक लाखको चेक हस्तान्तरण गर्नुभयो ।

Shreekrishna hardwear in news

जिल्ला प्रशासन कार्यालयमा भएको राहत बितरण कार्यक्रममा मन्त्री अधिकारीले प्रदेशका सबै स्थानीय तहलाई बिपद् ब्यवस्थापनका लागि रु. पाँच लाखका दरले बजेट पठाएको जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

उहाँले प्रदेश सरकारले मनसुनजन्य बिपद्बाट क्षति भएका निजी आवास पुननिर्माणमा पनि पालिका र संघीय सरकारसँग लागत साझेदारी गरेको बताउनुभयो । प्रजिअ अधिकारीले मृतक रोकाका परिवारलाई यसअघि संघीय सरकारको तर्फबाट रु. तीन लाख उपलब्ध गराएको बताउनुभयो ।

खहरेखोलाको बाढीले छिस्बाङमा तीन घर भत्काउनुका साथै दुई घर उच्च जोखिममा परेका छन् । यस वर्षको मनसुन सुरु भएयता म्याग्दीमा ८९ वटा घर भत्किएका र २०० परिवार बिस्थापित भएका छन् । पहिरोमा परेर ६ जना घाइते भएका छन् ।

यसैबीच मन्त्री अधिकारीले बेनी अस्पताल र स्वास्थ्य कार्यालयको निरिक्षण गर्नुभएको छ । बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले निर्माणाधिन ५० शैया क्षमताको भवनमा ढिलाई र स्वास्थ्य पुर्बाधार अभाव भएकोमा मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले यसअघि करिब १२ हजार जनालाई कोरोना भाइरस बिरुद्धको खोप लगाएको र हाल थप आठ हजार ६०० जनालाई खोप लगाउने कार्यक्रम चलहिरेको बताउनुभयो ।

मन्त्री अधिकारीले गण्डकी प्रदेशका पाँच लाख जनालाई कोरोना बिरुद्धको खोप लगाइसकेको जानकारी दिदै कोरोनाले ज्यान गुमाएकाको परिवारलाई रु. पचास हजारका दरले सहयोग उपलब्ध गराउने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...