प्रदेश सरकारले बनायो अन्नपूर्णको संसारेखोलामा मोटर चल्ने पुल निर्माण

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको महभिर–रिमा–काफलडाडा–राम्चे–नागी सडक अन्तरगत संसारेखोलामा मोटर चल्ने निर्माण भएको छ ।

गण्डकी प्रदेश सरकार अन्तरगतको पुर्बाधार बिकास कार्यालय म्याग्दीले अन्नपूर्ण गाउँपालिका–७ र ८ को सिमाना स्थित संसारे खोलामा १६ मिटर लामो पुल निर्माण गरेको हो । कार्यालयका प्रमुख नवराज पौडेलले ८.४ मिटर चौडाई भएको मोटर चल्ने पुल निर्माण भएको जानकारी दिनुभयो ।

“२०७८ साउन ४ गतेसम्मको म्याद थियो,” उहाँले भन्नुभयो “हस्तान्तरण हुन बाँकी रहेपनि निर्धारित समयभित्रै पुल निर्माण सकिएको छ ।” २०७६ फागुनमा रायमाझी–हिमालयन जेभीले रु. दुई करोड ६३ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

Shreekrishna hardwear in news

संसारेखोलामा पुल निर्माण भएपछि महभिर–रिमा–काफलडाडा–राम्चे–नागी सडकमा बाह्ै महिना यातायातका साधन सञ्चालन गर्न सकिने अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष खम गर्बुजाले बताउनुभयो ।

मोटर चल्ने पुल नहुँदा यसअघि बर्खामा बाढी आउँदा संसारेखोलामा सवारी साधन आवत जावत बन्द हुन्थ्यो । राम्चेका बासिन्दालाई गाउँपालिकाको केन्द्र पोखरेबगर जान जाउन, खाद्यान्न, निर्माण सामग्री ढुवानी र आलु लगायत कृषि उपज निकासी गर्न सहज भएको छ ।

Bhautik ministry notice about road

पुर्बाधार बिकास कार्यालय मार्फत म्याग्दीमा थप चार वटा मोटर चल्ने पुल निर्माणाधिन छन् । मालिका गाउँपालिकाको दरबाङ देखि सिरदी हुदै निस्कोट र मंगला गाउँपालिकाको अर्मन जोड्ने सडक अन्तरगत म्याग्दी खोलामाथि ४० मिटर लामो ट्रस प्रबिधिको पुल निर्माण गर्न रु. चार करोड ४५ लाखमा प्रदिप–जुम्ली जेभीले ठेक्का लिएको छ ।

२०७७ साउन ४ गते सम्झौता भएको यो आयोजनाको म्याद दुई वर्ष छ । खोलाको दायाँ र बाँया किनारमा पहाड भएकाले त्यसैमा खाडल खनेर पिल्लर बनाई पुलको ट्रस जोड्ने र ढलान गर्ने डिजाइन छ ।

मालिका गाउँपालिका–७ बिम र धवलागिरी गाउँपालिका–६ मराङको सिमाना भएर बग्ने अर्गला स्थित मराङ खोलामा निर्माणाधिन मोटरेबल पुलको ४० प्रतिशत भौतिक प्रगति भएको छ । २५ मिटर लामो आरसिसी टिबिएम प्रबिधिको पुल निर्माणका लागि सन २०२० को मार्च १२ मा फेवा–साबित्रि जेभीले रु. दुई करोड ७२ लाखमा ठेक्का लिएका थियो ।

मालिका–७ भारवाङ र धवलागिरी–७ बगरको सिमानाको म्याग्दी खोलामा ४० मिटर लामो पुल निर्माण कार्यको ६५ प्रतिशत भौतिक प्रगति भएको पुर्बाधार बिकास कार्यालयका इञ्जिनियर सन्तोष अर्यालले बताउनुभयो । भारवाङको पुल निर्माणका लागि २०७६ असारमा देव एण्ड सायर बिएन जेभीले रु. छ करोड २४ लाखमा ठेक्का लिएको थियो ।

यसैगरी दरवाङ–धारापानी–ताकम–मुना सडक अन्तरगत गत वर्ष ठेक्का सम्झौता भएको दाङखोलाको मोटर चल्ने पुलको पुनःडिजाइन गरेर निर्माण सुरु गर्ने तयारी भएको छ । सम्झौता हुँदाको बर्ष दरबाङ म्याग्दीखोला जलबिद्युत आयोजनाको बाँधको डुबान क्षेत्र पर्ने भएकाले रोकिएको दाङखोलाको मोटरेबल पुल निर्माण स्थलमा २०७७ बर्खाको बाढीले क्षति पु¥याएपछि रिडिजाइन र भिओ तयार गरि निर्माण सुरु गर्ने तयारी भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...