बेनी–दरवाङ निर्माणमा ढिलासुस्ति गर्ने निर्माण ब्यवसायीको बिरोध

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी–दरवाङ सडक निर्माणमा ढिलासुस्ति गर्ने ठेकेदार कम्पनीका सञ्चालकको तस्बिर सार्वजनिक गरेर बिरोध गरेका छन् ।

बेनी नगरपालिका–६ डम्मरा स्थित हिलाम्मे सडकको छेउमा लामा–समानान्तर जेभीका सञ्चालक जिपछिरिङ लामाको तस्बिर कालो पोतेर सडक छेउमा झुण्डाएका हुन् । दोलखाका जिपछिरिङ लामा निर्माण कम्पनीका सञ्चालक हुनुहुन्छ ।

समानान्तर निर्माण कम्पनीका सञ्चालक अच्युत खरेल हुन् । यो सडक आयोजनाको आधिकारिक प्रतिनिधी दयाराम थापा हुन् । फेलेक्समा तस्बिर प्रिन्ट गरेर तस्बिर राखिएको छ । तस्बिर कसले राखेको हो भन्ने खुलाइएको छैन् ।

Shreekrishna hardwear in news

दुई पटक थपिएको सम्झौताको म्याद गत चैत महिनामा सकिएको म्याग्दीको बेनी–दरवाङ सडक आयोजनाको बेनी देखि सिम सम्मको पहिलो प्याकेजको भौतिक प्रगति ५५ प्रतिशत छ । गत बैशाखमा निषेधाज्ञा सुरु भएपछि निर्माण ब्यवसायीले काम रोकेका थिए ।

बर्षातसँगै पहिरो खसेर सडक हिलाम्मे भएको छ । आवत जावतमा समस्या भएको छ । नागरिकलाई सास्ती भएको छ । २०७४ असोज ४ गते १२ किलोमिटर ५०० मिटर सडक कालोपत्रे गर्न ४५ करोड ५३ लाख ७२ हजार रुपैयाँमा ठेक्का लिएको लामा–समानान्तर जेभीसँग भएको ठेक्काको पछिल्लो म्याद २०७७ चैत २३ गते सकिएको थियो ।

Bhautik ministry notice about road

१८ महिनामा सकिनुपर्ने सडकको करिब चार वर्षको अवधिमा फराकिलो बनाउने, नाली, पर्खाल निर्माण सकिएको ठाउँमा कालोपत्रे गर्न सब बेस राख्ने काम भएको छ । पुर्बाधार बिकास कार्यालय म्याग्दीका अनुसार बेनी दरवाङ सडकको पहिलो प्याकेजको कोरोनाको छ महिना र सार्वजनिक खरिद ऐनको दसौ संसोधनबाट थपिएको ९ महिनाको म्याद सकिएपछि थप गर्ने सबै आधार सकिएको छ ।

कार्यालयले हालसम्म ५५ प्रतिशत मात्र भौतिक प्रगति गरेको निर्माण ब्यवसायीले जति सक्दो छिटो काम गर्न नसके धरौटी जफत, जरिवाना र कालोसूचिमा राख्न कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएपनि निर्माण ब्यवसायीले दोस्रो लहरको कोरोना भाइरसको जोखिम र निषेधाज्ञाको कारण देखाएर निर्माण कार्यलाई झन सुस्त बनाएका छन् ।

१६ वर्षअघि मार्ग खुलेको म्याग्दीको ‘लाईफ लाइन’ मानिएको २४ किलोमिटर दुरीको बेनी–दरवाङ सडकको दोस्रो प्याकेजमा पर्ने सिम देखि लाम्पाटा खण्डको तीन किलोमिटर छ सय मिटर सडक निर्माणका लागि ठेक्का प्रस्ताव आव्हान गरिएको छ ।

२०७८ जेठसम्म सक्नेगरी २०७६ साउनदेखि लाम्पाटादेखि दरवाङ सम्मको ८ किलोमिटर सडक बिस्तार र कालोपत्रे गर्न ठेक्का लिएको बिरुवा–क्याराभान जेभीले ५० प्रतिशत मात्र काम गरेको छ । बेनी–दरवाङ सडक आयोजनामा भएको ढिलासुस्तिले म्याग्दीको मंगला, मालिका र धवलागिरीका बासिन्दालाई असुबिधा मात्र होइन समग्र बिकासमै असर पुगेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...