म्याग्दी काँग्रेसको नेतृत्वका लागि आकांक्षीको सक्रीयता

Gandaki Pardesh notice

बेनी । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनकोे मिति नजिकिएसँगै म्याग्दीमा पनि नेतृत्वका लागि चर्चा सुरु भएको छ । काँग्रेसको केन्द्रीय समिति बैठकले जिल्ला अधिवेशन साउन २६ गते गर्ने निर्णय गरेसँगै जिल्ला नेतृत्वका आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन सक्रीय बनेका छन् ।

केन्द्रको समीकरण अनुसार उम्मेदवारी दिने जिल्ला तहका नेताहरुको तयारी छ । म्याग्दीमा यस पटक सभापतीका आंकाक्षी करिब आधा दर्जन नेताले राखेका छन् । महाधिवेशनको चुनावी समयतालिका सार्वजनिक भएपछि आंकाक्षीले सक्रियता देखाएका हुन् ।

काँग्रेसमा चुनावी चहलपहलले विस्तारै गति लिन थालेको छ । नेताहरुले आफूलाई भावी सभापतिको लाइनमा उभ्याउँदै मत माग्न सुरु गरिसकेका छन् । म्याग्दी काँग्रेसको नेतृत्वका लागि ६ जना नेताहरु आंकाक्षी देखिएका छन् ।

Shreekrishna hardwear in news

वर्तमान सभापती खमबहादुर गर्बुजा (खम्बीर), पूर्व सभापती रेशमबहादुर बानियाँ, पूर्व सह–सभापती नेत्र बहादुर महत, वर्तमान उपसभापती माधव प्रसाद रेग्मी, सचिव क्या. मिन बहादुर कार्की र महाधिवेशन प्रतिनिधि चिरञ्जिवी शर्मा सभापतिको आकांक्षीको रुपमा देखिनुभएको छ ।
वर्तमान सभापति खमबहादुर गर्वुजा (खमवीर) नै पुन सभापतिमा दोहोरिन खोज्नुभएको छ । सहमतिमा आफू नै पुनः सभापति बन्ने गर्वुजाले बताउनुभयो । अग्रजलाई सम्मानका साथ केन्द्र र प्रदेशमा स्थान बनाउन आफुले पहल गर्दै जनता र कार्यकर्ताको सुझावमा नै आफु पुनःएकपटक सभापतीमा दाबी गरेको उहाँको भनाई छ ।

काँग्रेसको संस्थापन पक्षका गर्बुजा चुनाव भन्दा सहमतीमा नै नेतृत्व चयन गर्ने पहलमा हुनुहुन्छ । सहमती नभएमा चुनावै भएपनि सभापतीमा दाबी गर्ने उहाँले बताउनुभयो । त्यस्तै पूर्वसभापति तथा संबिधानसभाका सदस्य रेशमबहादुर बानियाँले पनि पुनः सभापतीमा आउन खोज्नुभएको छ ।

Bhautik ministry notice about road

बानियाँले एक पटक पुन नेपाली काँग्रेस म्याग्दीलाई नेतृत्व गरि चलायमान बनाउन आफुले सभावतीमा दाबी गरेको बताउनुभएको छ । बानियाँ रामचन्द्र पौडेल निकट भएपनि आफुले सकभर सहमतीमा नै सभापतीको नेतृत्व गर्ने बताउनुभएको छ । तर उहाँले आफुले कुनै पनि पक्षमा सभापतीको दाबीबाट पछि नहट्ने दाबी गर्नुभएको छ ।

त्यसैगरि सभापतीमा पूर्वसह–सभापति नेत्रबहादुर महतले पनि दाबी गर्नुभएको छ । लामो समय जिल्लामा रहेर आफुले पार्टीको लागि योगदान गरेको आफु पहिला पनि सहसभापती भएको बन्दै उहाँले पनि सभापतीमा दाबी गर्नुभएको छ । सके सम्म सहमतीको आधारमा नै सभापतीको नेत्तृत्व आफुले गर्ने उहाँको भनाई छ । उहाँ पनि देउवा निकट हुनुहुन्छ ।
त्यस्तै जिल्ला सचिव क्याप्टेन मिनबहादुर कार्की, महाधिवेशन प्रतिनिधि अधिबक्ता समेत रहनुभएका चिरञ्जिवी शर्मा, वर्तमान उपसभापती माधव प्रसाद रेग्मीले पनि सभापतिका लागि तयारी गर्नुभएको छ ।

नेतृत्वका आकांक्षीले आसन्न स्थानीय, प्रदेश र संघीय निर्वाचनमा समेत आफ्नो हैसियतलाई सुरक्षित राख्ने गरी आवश्यक रणनीति बनाउन थालेपछि यसपटकको निर्वाचनलाई जिल्लामा निकै महत्वपूर्ण साथ हेरिएको छ । अहिले सम्म कुनै पनि नेताले आफुले उम्मेद्धारी घोषणा भने गरेका छैनन् । सभापतीमा मुख्य गरि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र रामचन्द्र पौडेलको पक्षमा देखिएपनि जिल्लामा तेस्रो पक्ष समेत रहेको छ । सबै पक्षका नेताले सहमतीको बाटो खोजिरहेका छन् ।

जिल्लामा यसपटकको अधिवेशनमा पक्ष र विपक्ष भन्दा पनी एक समुहले सहमतीको बाटो खोज्ने बताएका छन् । जिल्लाका युवा नेताहरुले समेत आफुहर मुख्य पदका लागि दाबी गरेको भन्दै कार्यकर्ता बिच आफुलाई सहयोग गर्न आग्रह गर्न थालेका छन् ।

मुख्य गरि जिल्ला सभापती को बन्छ भन्ने बिषयलाई चासोका साथ हेरिएको छ । वडा र स्थानीय तहमा भने सर्वसहमतिमै नेतृत्व चयन गरेर जिल्ला नेतृत्वलाई सहमतिका लागि दवाव दिने स्थानीय तहका नेता कार्यकर्ताहरुको तयारी छ । उपसभापति, सचिव, कोषाध्यक्ष सहितका पदमा युवा नेताहरुले दावी गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...