राहुघाटमा अवरुद्ध सडक २४ घण्टाभित्र खुलाउने निर्माण ब्यवसायीको प्रतिवद्धता

Gandaki Ghumau

बेनी । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटमा अवरुद्ध सडक २४ घण्टाभित्र खुलाउने प्रतिवद्धता निर्माण ब्यवसायीले जनाएका छन् ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा–युनाइटेडको सहायक ठेकेदार ओमकारेश्वरका सञ्चालकले जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा आइतबार साँझ २४ घण्टाभित्र सडक खुलाउने प्रतिवद्धता जनाएका हुन् ।

सडक माथिबाट पहिरो खसेपछि असार २४ गतेदेखि सवारी साधन हिलोमा फसेर आवत जावत बन्द हुनुका साथै २० भन्दा बढी घरपरिवारको बसोबास रहेको राहुघाट बस्तीनै जोखिममा परेको छ ।

Shreekrishna
Gunasthariya Shiksya

प्रजिअ गणेशबहादुर अधिकारीको निर्देशनमा प्रहरी नायव उपरीक्षक श्यामकुमार राइ, शसस्त्र प्रहरीको गलेश्वर आश्रित गुल्मका प्रहरी नायव उपरीक्षक हरिबहादुर गुरुङ, नेपाली सेनाको सत्रुझञ्जयाङ गुल्मका सेनानी रबिन्द्र बुढाथोकी, राष्ट्रिय अनुसन्धानका अनुसन्धान प्रमुख महेश गुरुङको उपस्थितिमा पहिरो र सडक प्रभावित राहुघाटका बासिन्दा र निर्माण कम्पनीका प्रतिनिधी बीच छलफल भएको थियो ।

छलफलमा निर्माण कम्पनीका प्रतिनिधी अमृत दाहालले २४ घण्टाभित्र अवरुद्ध सडक सुचारु गराउने, सडकमा सवारी साधन फसेमा निशूल्क मेसिनको प्रयोग गरी क्रस गराउने, एम्बुलेन्स र सुरक्षा निकायको सवारी साधन जुनसुकै समयमा पनि क्रस गराउने लिखित प्रतिवद्धता जनाउनुभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक बिक्रमराज गुरुङले बताउनुभयो ।

गलेश्वर–पिप्ले–भगवति–बेग सडक बिस्तार सुरु भएपछि प्रवेशबिन्दुमा पर्ने सो ठाउँमा गत वर्ष सुरु भएको पहिरो यस वर्ष बेनी–जोमसोम सडक बिस्तारसँगै थप सक्रीय भएर हिलाम्मे बनी गाडी फस्ने, यातायात अवरुद्ध भई नागरिकलाई सास्ती तथा स्थानीयबासीलाई जोखिम बनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...