९३३ घरधुरी भूमिहिन र अब्यवस्थित बसोबासीको लगत संकलन

Sinchai Khanipani notice

दुर्गा आचार्य गौतम

बेनी । भूमि सम्बन्धी समस्या समाधान आयोगले म्याग्दीमा ९३३ घरधुरी भूमिहिन र अब्यवस्थित बसोबासीहरुको लगत संकलन गरेको हो ।

आयोगको जिल्ला समितिले आइतबार बेनीमा आयोजना गरेको कार्यक्रममा १५५ भूमिहिन दलित, १११ भूमिहिन सुकुम्बासी र ६६७ घरधुरी अब्यवस्थित बसोबासीको बिबरण संकलन भएको जानकारी गराइएको हो ।

Shreekrishna hardwear in news

आयोगका जिल्ला अध्यक्ष खुमबहादुर बानियाले यसअघिका आयोगले प्रक्रिया सुरु गरेका भूमि सम्बन्धी समस्याका थप १७७ वटा अधुरा र अपुरा कामलाई पुर्णता दिन अध्ययन भइरहेको बताउनुभयो ।

“वडा, पालिका हुदै जिल्लामा आएका सबै आवेदन अध्ययन गरेर लगत संकलनको काम सकेका छौ,” उहाँले भन्नुभयो “नयाँ आर्थिक वर्षको पहिलो चौमासिक देखिनै नापजाँच र जग्गाधनी प्रमाणपत्र बितरण सुरु गर्छौ ।”

Bhautik ministry notice about road

बेनी नगरपालिकामा २७२, धवलागिरी गाउँपालिकामा ६२, मालिका गाउँपालिकामा ३२८, मंगलामा १२१, रघुगंगामा ४२ र अन्नपूर्णमा १०८ घरधुरीको लगत संकलन भएको हो ।

लगत संकलन भएका भूमिहिन र अब्यवस्थित बसोबास गरेको ठाउँको नापी प्राबिधिक सहित स्थलगत निरिक्षण अनुगमन गर्ने कार्ययोजना बनाएको आयोगका जिल्ला सदस्य दिवाकुमारी पुनले बताउनुभयो ।

निरिक्षण, अनुगमन, नापजाँच पछि आयोगको कार्यबिधी अनुसार मालपोत कार्यालयमा श्रेष्ता कायम गरेर जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइने भएको छ । पहिलो चौमासिकमा १३५, दोस्रोमा ३७०, तेस्रोमा १७० र चौथो चौमासिकमा २५८ जनालाई जग्गाधनी प्रमाणपत्र बितरण गर्ने आयोगको जिल्ला समितिले कार्ययोजना बनाएको छ ।

आयोगले पहाडी र हिमाली जिल्लाका भूमिहिन, सुकम्बासीहरुलाई घरेडीका लागि १० आना २ पैसा १ दाम जग्गा उपलब्ध गराउने कार्यबिधी बनाएको छ । अब्यवस्थित बसोबास गर्दै आएकाहरुको जग्गाधनी प्रमाणपत्रकोे श्रेष्ता कायम गरिने आयोगले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...