बेनीमा महिला संघको वडा कार्यसमिति गठन

Gandaki Pardesh notice

बेनी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ म्याग्दीले बेनी नगरपालिकाको वडा नम्बर ८ मा वडा कार्यसमिति गठन गरेको छ ।

बेनीमा शनिबार भएको भेलाबाट गठन भएको महिला संघको वडा समितिको अध्यक्षमा टेमाया छन्त्याल चयन हुनुभएको छ ।

उपाध्यक्षमा मनिषा छन्त्याल, सचिवमा मिना बिक, सहसचिवमा घनदेबी छन्त्याल, कोषाध्यक्षमा टेककुमारी पुन, सदस्यहरुमा डमकुमारी छन्त्याल, शान्ति भट्टचन, गिता शर्मा र ज्ञानु श्रेष्ठ रहनुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

कार्यक्रममा नेपाली कांग्रेसका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले कोभिड–१९ रोकथाम तथा नियन्त्रण र प्राकृतिक विपत्तिको समयमा पार्टीले निभाएको भूमिका र कामहरुको बारेमा जानकारी गराउँनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संगको भेटमा विकास निर्माणमा पछाडी परेको म्याग्दीलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्न र बर्षातको समयमा बाढी पहिरोबाट प्रभावित परिवारलाई राहत तथा पुर्नवास व्यवस्थानलाई जोड दिन आग्रह गरिएको सभापति गर्बुजाले जानकारी गराउनुभयो ।

त्यस्तै आगामी १४ औं अधिवेशनलाई सफल बनाउन जिल्ला स्थित नेता तथा कार्यकर्ता लगायत सबैलाई एक हुन आग्रह गर्नुभयो । उहाँले अधिवेशनमा गुटउपगुट भन्दा पनि समग्र कांग्रेसको हितका लागि काम गर्ने उम्मेद्धारलाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पुर्व जिल्ला सहसभापति नेत्रबहादुर महत, जिल्ला सचिव क्याप्टेन मिनहादुर कार्की, जिल्ला महासतिमिति सदस्य चिरञ्जिवी शर्मा, पुर्व सांसद नरबहादुर पुन, धनकुमारी थापा लगायतले बोल्नुभएको थियो । नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचनले आगामी १४ औं अधिवेशन लक्षित कांग्रेस निकट भातृ तथा शुभेच्छुक संगठन विच छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...