इञ्जिनियर दिवसको अवसरमा पुर्बाधार बिकास कार्यालयका म्याग्दीका दुई कर्मचारी सम्मानित

Gandaki Pardesh notice

११२ योजना कार्यान्वयन, ७१ प्रतिशत बजेट खर्च

बेनी । पुर्बाधार बिकास कार्यालय म्याग्दीले आइतबार ५९ औ इञ्जिनियर दिवसको अवसरमा उत्कृष्ट दुई जना कर्मचारीलाई सम्मान गरेको छ ।

प्राबिधिक अधिकृत अर्जुन शर्मा र सब ईञ्जिनियर जसवन्त यादवलाई कार्यालय प्रमुख नवराज पौडेलले कदरपत्र, मायाको चिनो, टोपी र खादा लगाएर सम्मान गर्नुभएको हो ।

Shreekrishna hardwear in news

इञ्जिनियर सन्तोष अर्याल र प्रशासन शाखाका अधिकृत बाबुराम आचार्य सम्मिलित मूल्याङकन समितिको सिफारिसमा उत्कृष्ट कार्यसम्पादन गर्ने इञ्जिनियर र सबइञ्जिनियरलाई सम्मान गरेको पौडेलले बताउनुभयो ।

राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र हौसला प्रदान गर्न सम्मान गरेको उहाँले बताउनुभयो । यसैगरी पुर्बाधार बिकास कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७७÷७८ मा ७१.७३ प्रतिशत बजेट खर्च गरेको छ ।

कुल ४८ करोड ४७ लाख ९६ हजार रुपैयाँ बिनियोजन भएकोमा ३४ करोड ७७ लाख ५१ हजार ४८७ रुपैयाँ खर्च भएको लेखा अधिकृत त्रिबिक्रम शर्माले बताउनुभयो । गत आर्थिक वर्षमा प्रदेशका ५५, निर्वाचन पुर्बाधार बिकास कार्यक्रमका ५० र शसर्त अनुदानका ७ वटा योजना सञ्चालन भएका थिए ।

Bhautik ministry notice about road

सडक मार्ग खोल्ने, स्तरोन्नति गर्ने, सडक पुल र झोलुङ्गे पुल निर्माण सम्बन्धी योजना सञ्चालन गरेको थियो । अन्नपूर्ण गाउँपालिकाको संसारेखोलामा १६ मिटर लामो मोटरेबल पुल, बेनी–गलेश्वर र बेनी–अर्थुङ्गे सहितका सडकमा एक हजार ५०० मिटर कालोपत्रे र ढलान, घोप्टेखोला, चिमखोला, खोलाखर्क र लुलियाघाटमा झोलुङ्गे पुल निर्माण भएको इञ्जिनियर सन्तोष अर्यालले बताउनुभयो ।

जनता आवास अन्तरगत घर बनाउन छनौट भएका १३७ मध्य १२१ वटा निर्माण सकिएका छन् । आर्थिक वर्षको अन्तिम दिन फुकुवा भएको संघीय शसर्त अनुदान शिर्षकको डेढ करोड रुपैयाँ लाभग्राहीको खातामा पठाइएको कार्यालयले जनाएको छ ।

निर्बाचन पुर्बाधार बिकास कार्यक्रम अन्तरगत चार करोड रुपैयाँ बजेट बिनियोजन भएका ५० वटै योजना कार्यान्वयन भएका छन् । कोरोना, बाढी पहिरो, कटान र निर्माण ब्यवसायीको ढिलासुस्तिका कारण बेनी–दरबाङ, गलेश्वर–पिप्ले–भगवति–बेगखोला, रत्नेचौर–बेनी सडक आयोजनाको अपेक्षाकृत प्रगति हुन सकेन् ।

पुर्बाधार बिकास कार्यालय मार्फत धवलागिरी र मालिकाको सिमाना झारबाङखोला, दाङखोला, अर्गलाको मराङखोलामा मोटरेबल पुल र मालिका गाउँपालिकाको छ्यारछ्यारे स्थित म्याग्दी नदीमा ट्रस पुल निर्माणाधिन छन् ।

(क) बर्गको सडक आयोजना अन्तरगत मालिका गाउँपालिकाको केन्द्र दरबाङ देखि धवलागिरीको मुना जोड्ने सडकको दरबाङ–धारापानी खण्ड ग्राभेल गर्ने योजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...