लुलाङमा वडा स्तरीय बाल संरक्षण समितिको बैठक

Gandaki Pardesh notice

धारापानीका बालबालिकालाई अतिरिक्त शैक्षिक सामग्री बितरण

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा वडा स्तरीय बाल संरक्षण समितिको बैठक सम्पन्न भएको छ ।

गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोग, धवलागिरी गाउँपालिकासँगको समन्वयमा संगम र कदम म्याग्दी मार्फत सञ्चालित सामुदायिक बिकास परियोजनाको सहजिकरणमा धवलागिरी गाउँपालिकाका सात वटै वडामा समिति गठन भएको छ ।

Shreekrishna hardwear in news

वडा अध्यक्ष गमप्रसाद बिकको अध्यक्षतामा भएको बैठकमा समुदाय स्तरमा बालबालिका माथि हुने सबै किसिमका हिंसा, बालबिवाह, बालबिवाहले पढाई छोड्ने जस्ता घटना रोक्नलाई र बाल अधिकारको प्रर्वद्धन गर्ने बिषयमा छलफल भएको थियो ।

Bhautik ministry notice about road

बालमैत्री तथा बालबालिकाको सर्वाङगिण बिकासको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न बजेट माग गर्ने निर्णय भएको छ ।

यसैगरी परियोजनाले संगम म्याग्दीले सञ्चालन गरेको होप स्कुल परियोजना मार्फत धवलागिरी गाउँपालिकाको वडा नम्बर ७ धारापानीको किसानी माबिका बालबिकास देखि कक्षा ४ सम्म अध्ययन गर्ने ११९ जना बालबालिकाहरुलाई अतिरिक्त शैक्षिक सामग्री बितरण गरेको छ ।
कोरोनाको जोखिम र निषेधाज्ञाका कारण बिद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन हुन नसकेको अवस्थामा घरमै पढ्ने वातावरण बनाउन परियोजनाका सहजकर्ता सञ्जु थापा र प्रअ धु्रब भण्डारीले टोल टोलमा पुगेर सामग्री बितरण गर्नुभएको हो ।

बालबिालकाको लागि चित्र सहितका कक्षा अनुसारका कबिता, कथा, जिवनी, दैनिकी, मनोरञ्जनात्मक किताब, झोला, सिसाकलम, इरेजर, सार्पनर, चित्र बनाउने कपी आदी बितरण गरेको हो । यही कार्यक्रमको सहजिकरणका लागि परियोजनाले एक जना स्थानीय सहजकर्ताको ब्यवस्थापन गरेको छ ।

सामग्रीले बालबालिकामा अन्तरनिहित क्षमता उजागर हुनुका साथै ब्यक्तित्व बिकासमा सहयोग पुग्ने अपेक्षा गरिएको संगम म्याग्दीका शिक्षा बिकास अधिकृत चन्द्रप्रकाश बुढामगरले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...