सडक मर्मतमा बेवास्ता गरेको आरोपमा इञ्जिनियर र सुपरभाइजर प्रहरी नियन्त्रणमा

Gandaki Pardesh notice

प्रहरी प्रशासनले हस्तक्षेप गरेकाले काम गर्न नसकिने निर्माण ब्यवसायीको प्रतिक्रिया

बेनी । सडक मर्मतमा बेवास्ता गरेको आरोपमा प्रहरीले म्याग्दीको एक सडक आयोजनाको सहायक ठेकेदार कम्पनीका इञ्जिनियर र सुपरभाइजरलाई नियन्त्रणमा लिएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा–युनाइटेडको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनका इञ्जिनियर सन्दिप देव र सुपरभाइजर आषिस नेपाल लाई शुक्रबार रघुगंगा गाउँपालिका–३ राहुघाटबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पहिरोले अवरुद्ध भएको सडक निरिक्षणमा पुगेका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, प्रहरी नायव उपरिक्षक श्यामकुमार राइ लगायत सुरक्षा अधिकारीहरुको टोलीले स्थानीयबासी, यात्रु, यातायात ब्यवसायीको गुनासोको बिषयमा सोधपुछ र सुरक्षाका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

Shreekrishna hardwear in news

रघुगंगा गाउँपालिका–३ राहुघाटमा सडक माथिबाट खसेको पहिरोले असार २४ गतेदेखि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर दुरिको बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध छ ।

गलेश्वर–पिप्ले–भगवति–बेगखोला सडकबाट खसेको पहिरो र बेनी–जोमसोम सडक बिस्तारका क्रममा खनिएको माटो हिलो बनेर सवारी साधन फस्ने र सडक अवरुद्ध हुने गरेका छन् । पहिरो र हिलो पन्छाएर सडकमा यातायात सञ्चालन गर्न बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण ब्यवसायीले उदाशिनता देखाएको आरोप लागेको छ ।

Bhautik ministry notice about road

ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालक अमृत दाहालले भने निरन्तर पहिरो खसिरहने भएकाले उपकरण र मजदुर परिचालन गरेर सडक खुलाउन गरिएको प्रयास सफल नभएको प्रतिक्रिया दिनुभयो । “त्यहाँको भूगोलनै कमजोर छ । मेसिन र मजदुर लगाएर काम गरिरहेका छौ । पहिरो खस्न रोकिदैन,” उहाँले भन्नुभयो “काम गर्दा गर्दै इञ्जिनियर र सुपरभाइजरलाई नियन्त्रणमा लिएर प्रहरी प्रशासनले आतंक मच्चायो । सहजिकरण गर्ने र सुरक्षा दिने निकायबाटै भएको हस्तक्षेप सह्य हुदैन् । हामीले भोलीदेखि काम गर्दैनौ ।”

ओमकारेश्वर म्याग्दी पात्लेखेतका पराजुली परिवार सञ्चालक रहेको शर्मा र नेपाल उद्योग बाणिज्य महासंघका कोषाध्यक्ष शकुन्तलाल हिराचनको युनाइटेड कम्पनी मिलेर ठेक्का लिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाको पहिलो प्याकेजमा पर्ने गलेश्वर देखि बेगखोला सम्मको काम गर्न २०७६ माघ देखि आएको सहायक ठेकेदार हो ।

पहुँचका आधारमा ठेक्का लिएर सहायक ठेकेदारलाई काम दिने तर समयमा भुक्तानी नदिने मुख्य ठेकेदारको कमजोरी र लापरबाहीलाई बेवास्ता गरेर सहायक ठेकेदारलाई दुख दिएको भन्दै निर्माण ब्यवसायीहरुले आपत्ति जनाएका छन् ।

ओमकारेश्वरले गत बर्खामा बाढी पहिरोले क्षति गरेपछि भुक्तानीका लागि दावी गरेको करिब तीन करोड रुपैयाँ शर्मा–युनाइटेडले भुक्तानी नदिएको बताएको छ । शर्मा–युनाइटेडले अन्य सहायक ठेकेदार, मजुदर र सप्लायर्सहरुलाई करोडौ भुक्तानी दिन बाँकी भएको पिडितहरुले गुनासो गरेका छन् ।

भुक्तानी नपाएपनि असहज अवस्थाका बावजुद ओमकारेश्वरले आफुले जिम्मेवारी लिएको गलेश्वर देखि बेगखोला खण्डमा करिब ६ किलोमिटर सडक कालोपत्रे सुरु गरेको थियो । जेठ पहिलो हप्ता सुरु भएको कालोपत्रेको काम छिटो बर्षात सुरु भएपछि रोकिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...