म्याग्दीका थप साढे आठ हजार जनालाई कोरोना बिरुद्धको खोप लगाइदै

Gandaki Pardesh notice

बेनी । म्याग्दीका थप आठ हजार पाँच सय जना भन्दा बढीलाई कोरोना भाइरस बिरुद्धको भेरोसिल खोप लगाउने तयारी भएको छ ।

यसअघि कुनै पनि खोप नलगाएका ५५ बर्ष माथिका सर्वसाधारण, बिद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक सवारी साधनका चालक, सहचालक र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यमा संलग्नहरुलाई भेरोसिल खोपको पहिलो डोज लगाउन लागिएको हो ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले शुक्रबार देखि सुरु भएको अभियान अन्तरगत जिल्लाभर छ हजार ६६७ जना जेष्ठ नागरिक, दुई हजार जना शिक्षक, पाँच सय जना चालक, सहचालक र अत्यावश्यक सेवा प्रवाहमा संलग्नलाई खोप लगाउने लक्ष्य रहेको बताउनुभयो ।

Shreekrishna hardwear in news

बेनी अस्पतालमा शुक्रबार ६९४ जनालाई भेरोसिल खोप लगाइएको छ । शनिबार बेनी नगरपालिकाका अन्य वडाका स्वास्थ्य संस्था, अन्नपूर्ण र रघुगंगाका स्वास्थ्य संस्थाहरुमा लगाउने कार्यक्रम छ । पहिरोका कारण भएको सडक अवरोधका बावजुद सबै स्वास्थ्य संस्थामा खोप ढुवानी भएको छ ।

Bhautik ministry notice about road

मालिका, मंगला र धवलागिरी गाउँपालिकाका सबै वडाहरुमा साउन ८ गतेदेखि खोप सेवा सञ्चालन हुने भएको छ । खोप लगाउनका लागि परिचय खुल्ने प्रमाण सहित स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

भेरोसिल खोप लगाएपछि कोरोना भाइरस विरुद्ध लड्ने एन्टिबडीको बिकास हुने बताइन्छ । पहिलो डोज लगाएको ३० दिनपछि दोस्रो डोज खोप लगाउनुपर्ने हुन्छ । म्याग्दीमा हालसम्म करिब एघार हजार जनाले कोरोना भाइरस बिरुद्धको खोप लगाएका छन् ।

शुक्रबार थपिएका चार जना सहित म्याग्दीमा हालसम्म दुई हजार ६४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९४ जना सक्रीय संक्रमित भएको म्याग्दीमा शुक्रबार आठ जनाले कोरोना जितेर आइसोलेशनमुक्त भएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...