म्याग्दीमा साउन १ गतेदेखि आन्तरिक यातायात चल्ने, पसल पनि खुल्ने

Gandaki Pardesh notice

बेनी । म्याग्दी जिल्लामा साउन १ गते शुक्रबार देखि आन्तरिक यातायात चल्ने र पसलहरु पुर्ण रुपमा सञ्चालन हुने भएका छन् ।

जिल्ला कोभिड ब्यवस्थापन समितिको सिफारिसको आधारमा सुरक्षा समितिको बैठकले आन्तरिक यातायात र पसल पुर्ण रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना भाइरस नियन्त्रणका लागि गत बैशाख २२ गतेदेखि सुरु भएको निषेधाज्ञाका कारण सार्वजनिक यातायात सेवा ठप्प बनेको थियो ।

यसैगरी पसल ब्यवसाय समय खोल्ने समय तोकिएको थियो । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले कोरोनाको जोखिम कायमै रहेकाले निषेधाज्ञा लम्बाउदै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर आन्तरिक यातायात र पसल पूर्ण रुपमा सञ्चालन गर्न दिने निर्णय भएको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यातायात सञ्चालन गर्ने निर्णय भएपनि जिल्लाका मुख्य तथा सहायक सडकहरु पहिरो, कटान र बाढीले अवरुद्ध छन् । निजी जिप र ट्याक्सीहरु लुकिपिछी तथा पास बनाएर चलेपनि मझौला प्रकृतिका माइक्रोबस र लामो दुरिका बसका सञ्चालकहरु मर्कामा परेका छन् ।

ग्यारेज र बसपार्कमा राखेका गाडीमा खिया लाग्न थालेको छ । गाडी किन्दा बैंकबाट लिएको ऋणको किस्ता तिर्न नसकेर ब्यवसायी तनाबमा परेका छन् । सार्वजनिक यातायातका साधन नचल्दा सामान बोक्ने अनुमति लिएका निजी गाडीले तोकिएको क्षमता भन्दा बढी यात्रु बोक्ने र महँगो भाडा असुल्ने गरेको गुनासो बढेको थियो ।

म्याग्दीमा हालसम्म दुई हजार ६४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहिबार बेनी नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि र ५ जनाले कोरोना जितेर आइसोलेशनमुक्त भएका स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...