यस्ता छन कृषि ज्ञान केन्द्रले म्याग्दीमा सञ्चालन गरेका योजना तथा कार्यक्रमको उपलब्धी

Sinchai Khanipani notice

बेनी । म्याग्दीमा आर्थिक वर्ष २०७७÷७८ मा ३२ वटा साना ब्यवसायिक फर्म स्थापना भएका छन् ।

कृषि ज्ञान केन्द्र म्याग्दीले तरकारी, किबी, मौरी, फुल, च्याउ, ओखर र स्याउ खेती सम्बन्धि ३२ वटा साना ब्यवसायिक फार्ममा पुर्बाधार निर्माण गर्न पचास प्रतिशत अनुदान उपलब्ध गराएको छ ।

२१ वटा तरकारी, ६ वटा किबी, मौरी, फुल, च्याउ, ओखर र स्याउ खेती सम्बन्धी एक÷एक वटा फार्मलाई रु. ४७ लाख दुई हजार अनुदान उपलब्ध गराएको कार्यालयका कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले बताउनुभयो ।

Shreekrishna hardwear in news

कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा गरेका कार्यक्रमको उपलब्धि बिबरण बिहिबार नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले स्थापना गरेको मिडिया सेन्टरमा आयोजित कार्यक्रममा सार्वजनिक गरेको हो । ९० प्रतिशत अनुदानमा निर्माण भएको ३० वटा साना सिचाई कार्यक्रमबाट ३०० रोपनी थप जमिनमा सिचाई सुबिधा पुगेको छ ।

बेनी नगरपालिका ९ मा निर्माण भएको सिचाई पोखरी । तस्बिर धौलागिरी खबर

५१ हजार १०८ मिटर पाइप, २३० मिटर पक्कि कुलो, ३८ घनमिटर इन्टेक र ४०० घनमिटर क्षमताको ९ वटा सिचाई पोखरी निर्माण भएका छन् । साना सिचाई कार्यक्रमका लागि एक करोड दश लाख रुपैयाँ बिनियोजन भएकोमा ९६ लाख १२ हजार रुपैयाँ खर्च भएको छ ।

७२ बर्ग मिटर क्षमताका ५८ वटा स्थायी र ५० घनमिटर क्षमताका १८ वटा अस्थाई पलास्टिक घर निर्माण गर्न तीस लाख ८३ हजार ७२० रुपैयाँ अनुदान उपलब्ध गराइएको छ । आलु खेती प्रर्वद्धन बिशेष कार्यक्रम अन्तरगत ८ वटा समुहलाई ३५ लाख दश हजार रुपैयाँ अनुदान दिएको छ ।

रघुगंगा गाउँपालिका ५ र ६ मा रैथाने बालीको ब्यवसायिक उत्पादन सहयोग कार्यक्रम अन्तरगत जौ उत्पादन क्षेत्र बनाइएको छ । रघुगंगा गाउँपालिकाको ठाडाखानी र बेनी नगरपालिकाको मुसुङमा आलु खेती प्रर्वद्धन बिशेष कार्यक्रम सञ्चालन भएको छ ।

कृषि ज्ञान केन्द्रको सात लाख ४६ हजार अनुदानमा बेनीको बास्कुनामा र पाँच लाख ८१ हजार सहयोगमा रघुगंगाको ठाडाखानीमा कृषि उपज संकलन केन्द्रको भवन निर्माण भएको छ ।

फलफुल बिरुवा नर्सरी स्थापना कार्यक्रममा छनौट भएका ५ वटा फार्मले आठ लाख ८६ हजार ५३१ रुपैयाँ अनुदान सहयोगमा वार्षिक तीन लाख बिरुवा उत्पादन गर्ने क्षमताका ७२ घनमिटरका १६ वटा पलास्टिक घर बनाएका छन् ।

रघुगंगा गाउँपालिका–८ मा ८५ प्रतिशत अनुदानमा आलु ब्लक कार्यक्रम मार्फत १४ मिटर लम्बाई र ६ मिटर चौडाई भएको आलु संकलन केन्द्रको भवन निर्माण भएको छ । दुई सय रोपनी बाँझो जमिनमा खेती गरेका १० जना कृषकलाई पाँच लाख ८८ हजार रुपैयाँ अनुदान दिएको छ ।

Bhautik ministry notice about road

विभिन्न कार्यक्रम मार्फत कृषि ज्ञान केन्द्रे जिल्लाभर २१८ वटा मिनिटिलर हलो, १० वटा कुटानी पिसानी मिल र ८ वटा थ्रेसर, १४० वटा मौरीघारा, दुई हजार किबी, एक हजार सुन्तला, ५२ हजार सुन्तलाका बिजु, ओखरको ग्राफ्टेड दुई सय र २५५ वटा उच्च घनत्वका स्याउ बिरुवा बितरण गरेको छ ।

प्रदेश, संघीय सरकार र शसर्त अनुदान तर्फका २३ वटा कार्यक्रम मध्य २२ वटा कार्यान्वन गरेको कृषि ज्ञान केन्द्रले कुल सात करोड ५१ लाख ५२ हजार रुपैयाँ बिनियोजन भएकोमा पाँच करोड ८६ लाख ९० हजार अथवा ७८.१३ प्रतिशत खर्च गरेको केन्द्रका प्रमुख गोबिन्दराज कोइरालालले बताउनुभयो ।

कोरोनाको जोखिम र निषेधाज्ञाका कारण तालिम सम्बन्धी कार्यक्रम प्रभावित भएपनि अन्य कार्यक्रम समयमै कार्यान्वयनमा लगिएकाले केही सहज भएको कोइरालाले बताउनुभयो । सम्झौता गरे अनुसारको काम नगरेका कृषक, सहकारी, समुह र फर्मलाई रकम काटेर भुक्तानी गरिएको उहाँले बताउनुभयो ।

धवलागिरीमा धान, मालिका र बेनीको बास्कुनामा सुन्तला, मालिका, अन्नपूर्ण र रघुगंगामा आलु ब्लक कार्यक्रम सञ्चालन भएको छ । प्राङगारिक खेतीका लागि भकारो सुधारमा पनि कार्यालयले सघाएको छ ।

सुन्तलामा लाग्ने चाइनिज सिट्रस फ्टफल्याई ब्यवस्थापन गर्न प्रोटिन बेट ल्याएर छर्कन थालिएको तथा रघुगंगा गाउँपािलकाको ४, ८, बेनीको ३ र ५, मंगलाको १ र २ नम्बर वडामा मल्चिङ पलास्टिक प्रयोग गरी आलु खेती सुरु भएको छ ।

कार्यालय परिसरमा बगैचा स्थापना, मर्मत, तरकारी खेती प्रबिधी प्रर्दशनीका साथै गाडी खरिद, दरबन्दि अनुसार दश जनानै कर्मचारीको पदपुर्ति भएपछि काम गर्न सहज भएको केन्द्रका प्रमुख कोइरालाले बताउनुभयो ।

बजेट बाडफाड र कार्यबिधी ढिला आउनु, भौगोलिक बिकटता, छोटो समयावधी, कतिपय अनुदान ग्राहीहरुले सम्झौता अनुसार काम नगर्नु जस्ता चुनौति देखिएका छन् । कार्यालयका अनुसार म्याग्दीमा वार्षिक पाँच हजार २५८ खाद्यान्न र चौध हजार ५८७ मेट्रिक्टन आलुको बचत र तीन हजार ७८ मेट्रिक्टन तरकारी अपुग हुन्छ ।

सार्वजनिकरण कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले सुरु हुनुअघी र सम्पन्न भएपश्चात प्रगति बिबरण सार्वजनिक गर्ने कृषि ज्ञान केन्द्रको पारदर्शीतामा सहयोग पुगेको बताउँदै तरकारी उत्पादन बृद्धीमा जोड दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...