करेन्ट लागेर झिका एक जनाको मृत्यु

Gandaki Pardesh notice

बेनी, म्याग्दीको रघगंगा गाउँपालिका–६ पाखापानीमा बिहिबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

पाखापानीमा बिद्युतको मुख्य लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर घाइते भएका रघुगंगा गाउँपालिका–५ झिँका अन्दाजी ४६÷४७ वर्षका कृष्ण थजालीको मृत्यु भएको हो । थजाली नेकपा एमाले झिँको वडा कमिटि अध्यक्ष हुनुहुन्छ ।

एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले घाइते थजालीलाई उपचारका क्रममा बेनी ल्याउने क्रममा बाटोमै मृत्यु भएको बताउनुभयो । झिँ ग्रामिण बिद्युतिकरण उपभोक्ता समितिको अध्यक्ष समेत रहनुभएका थजाली पाखापानीमा अवरुद्ध भएको बिद्युत सुचारु गराउने क्रममा करेन्ट लागेर घाइते हुनुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसैगरी म्याग्दीको बेनी–दरबाङ र बेनी–जोमसोम सडक विभिन्न ठाउँमा अवरुद्ध भएका छन् । बेनी–जोमसोम सडकको रुप्से छहरा र गुइठेमा पहिरो खसेर अवरुद्ध भएको सडक मर्मत पछि सञ्चालनमा आएको छ ।

रघुगंगा गाउँपालिका–३ राहुघाटमा खसेको पहिरो पन्छाएर सडकमा सिधा यातायात सञ्चालन गर्ने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिक्रमराज गुरुङले बताउनुभयो ।

धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक बेनी नगरपालिका–४ घुमाउनेमा खसेको पहिरोका कारण अवरुद्ध बनेको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना, पुर्बाधार बिकास कार्यालय र प्रहरीले सडक खुलाउने प्रयास गरेपनि पहिरो खस्ने क्रम नरोकिएकाले सफल भएको छैन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...