बाढी पहिरोले ८५ घर भत्किए

Gandaki Pardesh notice

बेनी । यस वर्षको मनसुन सुरुभएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् ।

थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका अनुसार बाढी पहिरोले दुई जनाको मृत्यु र ६ जना घाइते भएका छन् ।

पहिरोले घर क्षति भएका मध्य ५८ परिवारलाई जिल्ला प्रशासन कार्यालयले रु. नौ लाख ६० हजार र मृतक २ जनाका परिवारलाई रु. तीन लाख राहत उपलब्ध गराएको छ । ५ जना सम्म सदस्य भएका परिवारलाई १५ हजार र पाँच जना भन्दा बढी संख्यामा सदस्य भएका परिवारलाई २० हजार रुपैयाँका दरले राहत बितरण गरिएको सहायक प्रजिअ पौडेलले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पहिरोबाट घर भत्किएका, जोखिममा परेर बिस्थापित भएकाहरु आफन्तको घर र सामुदायिक भवन तथा सामुहिक टहरा बनाएर बसेका छन् । अन्नपूर्ण गाउँपालिकाको धोस्केखोर, रघुगंगाको बेग, बेनीको सिंगा तातोपानी, मंगलाको अर्मन, मालिकाको रुम र धवलागिरीको खोरीयामा पहिरोले क्षति पुगेको छ ।

गत वर्षको बर्खामा भत्किएका घर पुननिर्माणका लागि पर्याप्त बजेट नआउँदा प्रभावित भएको छ । गत वर्ष पहिरोले म्याग्दीमा २४७ घर भत्किएका मध्य म्याग्दी प्रवासी नेपाली संघ मोनाले ४० वटा घर बनाएका छन् ।

सरकारले पहिरोले भत्किएका हिमाली जिल्लाका घर बनाउन प्रतिघर रु. पाँच लाखका दरले अनुदान दिने निर्णय गरेको थियो । निर्णय अनुसार आवश्यक बजेट ब्यवस्थापन नगर्दा सबै पहिरो पिडितले निजी आवास पुननिर्माणका लागि पहिलो किस्ताको पनि अनुदान पाएका छैनन् ।
बैशाख अन्तिम साता रु. एक करोड ८ लाख ९७ हजार ५०० पठाएको गृह मन्त्रालयले असारमा थप रु. ३६ लाख ३२ हजार ५०० पठाएको थियो । मोनाले बनाएका बाहेकका घरका लागि रु. दश करोड बजेट माग गरिएको थियो ।

संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा घर बनाउने कार्यबिधी भएपनि संघ र प्रदेशले बजेट नपठाएकाले पुननिर्माण प्रभावित भएको स्थानीय तहका पदाधीकारीले बताएका छन् । धवलागिरी गाउँपालिकाको मराङ, मालिकाको बिम, देबिस्थान, रघुगंगाको भगवति र अन्नपूर्णको फगाममा पहिरोले क्षति गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...