अन्नपूर्ण गाउँपालिकामा डेढ सय योजना निर्माण सम्पन्न

Gandaki Pardesh notice

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ मा साढे १२ किलोमिटर सडकको नयाँ मार्ग खोलेको छ ।

१२ दशमलब ५६ किलोमिटर सडकको नयाँ मार्ग खोलेको गाउँपालिकाले यसअघि निर्माण भएका ८६८ दशमलब ५० मिटर सडकमा ढुङ्गा बिछ्याएर सोलीङ गरी स्तरोन्निती गरेको छ । गाउँपालिकाको पुर्बाधार शाखाका प्रमुख इञ्जिनियर इश्वरबहादुर भण्डारीका अनुसार ४७७ दशमलब ७ मिटर सडक आरसिसी ढलान र ५६२ दशमलब ३ मिटर सडक ग्राभेल र एक वटा कल्भर्ट पुल निर्माण भएको छ ।

छ किलोमिटर ४०५ मिटर नयाँ पदमार्ग निर्माण, तीन हजार ५५९ दशमलब ६ मिटर पदमार्ग स्तरोन्निति र २२६ मिटर पदमार्ग आरसिसी ढलान भएको इञ्जिनियर भण्डारीले बताउनुभयो । ९ वटा आरसिसी ढलान गरेका, १० वटा आरसिसी बाहेक अन्य भवन निर्माण भएका भएका छन् ।

Shreekrishna hardwear in news

चार वटा सामुदायिक शौचालय, दुई वटा बिद्यालय भवन निर्माण, दश वटा सामुदायिक भवन मर्मत, २ वटा भवन परिसरमा घेराबार, एक ठाउँमा स्टेज, एक वटा बिद्युत गृह र एक वटा मलामी बस्ने घर निर्माण भएको छ ।

तीन वटा खेलमैदानमा आरसिसी ढलान र पाँच वटा खेलमैदानमा आरसिसी बाहेक स्तरोन्निति भएको तथा एक वटा खेलमैदान घेराबार गरिएको छ । पालिकाका बिभिन्न १० स्थामा एक लाख बीस हजार ५०० लिटर क्षमताका दश वटा नयाँ खानेपानी टंकी निर्माण भएका छन् ।

आठ हजार ७७६ मिटर नयाँ खानेपानी पाइपलाइन बिस्तार, ७ वटा सार्वजनिक धारा बिस्तार, एक हजार ४७२ दशमलब १ मिटर नयाँ नाली निर्माण र १०७ मिटर नाली मर्मत भएको छ । चार स्थानमा नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण र दुई स्थानमा पहिरो तथा भू–क्षय नियन्त्रण भएको छ ।

Bhautik ministry notice about road

संघीय सरकारको अनुदानमा दोवामा ५ शैयाको अस्पताल भवन निर्माणका लागि ठेक्का सम्झौता, शिख आवासीय मावि र ज्ञानप्रकाश नमुना माविको छात्रावास भवन निर्माणाधिन छन् । पाउद्धार र रातोपानी स्थित तातोपानी कुण्डमा टहरा निर्माण तथा नदी नियन्त्रण गरेर ब्यवस्थित बनाइएको छ ।

निर्वाचन क्षेत्र पुर्बाधार बिकास कार्यक्रम मार्फत नारच्याङमा सहित स्मृति प्रवेशद्धार निर्माण भएको छ । खोपारा देखि खयर, मान्द्रेढुंगा देखि मुन्द्रा चढाउने डाडा, जलथले देखि फगाम जोड्ने पदमार्ग र मतिचौर बराहमा १०८ धारा निर्माण भएको छ ।

पालिकाभर पुर्बाधारतर्फ १५० वटा योजना निर्माणका लागि सम्झौता भएकोमा सबैको कार्यसम्पन्न भएका सूचना अधिकारी हरिकृष्ण आचार्यले बताउनुभयो । १६७ वटा योजनाका लागि बजेट बिनियोजन भएको थियो ।

यस वर्ष कार्यान्वयन हुन नसकेका योजनाहरुलाई आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रममा समावेश गरेर निरन्तरता दिइएको छ । प्राबिधिक शाखाले बिपद् ब्यवस्थापन, कृषि, पशु शाखा, जिल्ला स्थित वन डिभिजन लगायत कार्यालयका योजना कार्यान्वयनमा पनि सघाएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...