पत्रकारलाई दुरब्यवहार गर्ने सिडिओको चौतर्फी आलोचना र बिरोध

Gandaki Pardesh notice

बेनी । पत्रकारलाई दुरब्यवहार गर्ने म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको कार्यशैली र ब्यवहारको चौतर्फी आलोचना र बिरोध भएको छ ।

प्रजिअ अधिकारीले आइतबार म्याग्दीका पत्रकार साधन राम्जाली र धिरनबहादुर खत्रीलाई समाचार संकलन गर्न अवरोध गरि अपमानजनक हिसाबले कार्यकक्षबाट निकालेर दुरब्यवहार गरेका थिए ।

पत्रकारलाई दुरब्यवहार गर्ने प्रजिअको कार्यशैलीको भत्र्सना गर्दै पत्रकार संग सम्बन्धित संघ संस्थाले बिरोध जनाएका हुन् । नेपाल पत्रकार महासंघको गण्डकी प्रदेश समितिले विज्ञप्ती गर्दै जिम्मेवार अधिकारीबाट समाचार संकलनका लागि भएको अवरोध र पत्रकारहरुमाथि गरिएको दुरब्यवहारको हामी भत्र्सना र निन्दा गरेको छ ।

Shreekrishna hardwear in news

‘समाचार संकलनका लागि पुगेका दुबैजना पत्रकारलाई प्रजिअ अधिकारीले श्रव्यदृष्य र तस्बिर खिच्न रोक लगाई, धम्कीपूर्ण भाषा प्रयोग गर्दै र दुरब्यवहार गर्दै कार्यकक्षबाट समेत निकालिएको घटनालाई हामीले अत्यन्त दुखद् र प्रेस स्वतन्त्रता विरोधी हर्कतको रुपमा लिएका छौं,’ महासचिव गोविन्द सुवेदीले जारी गर्नुभएको विज्ञप्तीमा भनिएको छ, ‘आइन्दा नागरिकले सूचना पाउने अधिकारको संरक्षण गर्न र गैरजिम्मेवारपूर्ण ब्यवहार तथा कार्यशैली सच्चाउनुका साथै निर्भयका साथ पत्रकारलाई समाचार संकलनको वातारण गराउन नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति जोडदार माग गर्दछ ।’

आदीबासी जनजाती पत्रकार महासंघ गण्डकी प्रदेशले पनि प्रजिअ अधिकारीले गरेको दुव्र्यवहारको भर्सना र निन्दा गरेको छ । ‘नागरिकको सूचना पाउने अधिकारको संरक्षण गर्नुपर्ने दायित्व बोकेका जिम्मेवार कार्यालयका प्रमुखबाट समाचार संकलनका लागि भएको अवरोध र पत्रकारमाथि गरिएको दुव्र्यवहारको भ्रत्र्सना र निन्दा गर्दै आगामी दिनमा यस्ता गल्ती नदोहो¥याउन र पत्रकारले स्वतन्त्र हिसाबले समाचार संकलन गर्न, नागरिकले सूचना पाउने अधिकारको संरक्षण, पारदर्शिता, सुशासन कायम गर्ने वातावरण बनाउन जोडदार माग गर्दछौं’ महासचिव रुद्धबहादुर श्रीसमगरले जारी गर्नुभएको विज्ञप्तीमा भनिएको छ ।

द्धन्द्ध पिडित अधिकार समाज म्याग्दीको ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि प्रशासनमा पुगेका पत्रकार राम्जाली र खत्रीलाई समाचार, तस्बिर र दृष्य संकलन गर्न रोक लगाएर प्रजिअले कार्यकक्षबाट निकाल्नुभएको थियो ।

Bhautik ministry notice about road

प्रजिअले समाचार संकलनका लागि गरेको अवरोध र पत्रकारहरुलाई गरेको दुरब्यवहारको नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले भत्र्सना र निन्दा गरेको छ । शाखा सचिब सन्तोष गौतमको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा प्रमुख जिल्ला अधिकारीबाट भएको गैरजिम्मेवारपूर्ण ब्यवहार तथा कार्यशैली सच्चाउन माग गरिएको छ । ‘पत्रकारले स्वतन्त्र हिसाबले समाचार संकलन गर्न, नागरिकले सूचना पाउने अधिकारको संरक्षण, पारदर्शिता, शुसासन कायम गर्ने वातावरण बनाउन जोडदार माग गदैर्छौ,’ सचिव गौतमले भन्नुभयो, ‘प्रजिअको ब्यवहार आपत्तिजनक छ ।’

श्रव्यदृष्य र तस्बिर खिच्न रोक लगाई, धम्कीपूर्ण भाषा प्रयोग र दुरब्यवहार गर्दै कार्यकक्षबाट निकालिएको पत्रकार राम्जालीले बताउनुभयो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सहसचिव राम्जाली आदर्शसमाज दैनिक, म्याग्दी न्युज डटकम लगायत संचार माध्यम र साधारण सदस्य खत्री कारोबार दैनिक, एभिन्युज टेलिभिजन, सम्बृद्ध साप्ताहिक, कोरला पोष्ट लगायत सञ्चार माध्यममा आवद्ध हुनुहुन्छ ।

‘आयोजकले ज्ञापनपत्र पढ्न थालेपछि तस्बिर र दृष्य खिच्न क्यामेरा निकाल्दा प्रजिअले कसको अनुमतिमा खिच्नुभयो रुअनुमति बिना मेरो कार्यकक्षमा खिच्न मिल्दैन । बाहिर जानुहोस् भन्दै धम्काउनुभयो,’ राम्जालीले भन्नुभयो , ‘हामीले परिचय दिदाँ पनि अपमानजनक ब्यवहार गरेर धम्काउदै कार्यकक्षबाट निकाल्नुभयो ।’

सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानबिन आयोग मार्फत द्धन्द्धपीडितका समस्या समाधान तथा माग सुनुवाईका लागि द्धन्द्ध पीडित अधिकार मञ्च म्याग्दीका सचिब सुरेन्द्र केसी र द्धन्द्ध पीडित कृष्णलाल श्रेष्ठको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएका थिए । त्यस्तै पत्रकारलाई दुरब्यवहार भएको विरोधमा म्याग्दी मिडिया सोसाईटी, नेपाल प्रेस युनियन ,प्रेस संगठन र प्रेस चौतारी नेपालले विज्ञप्ती जारी गर्दैै भत्र्सना र निन्दा गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...