चार दिनपछि खुल्यो बेनी–दरबाङ र बेनी–जोमसोम सडक

Gandaki Pardesh notice

बेनी । बर्षातसँगैको पहिरोका कारण अवरुद्ध बनेका म्याग्दीको लाइफलाइन मानिएका बेनी–दरबाङ र बेनी–जोमसोम सडक सोमबार साँझदेखि खुलेको छ ।

विभिन्न ठाउँमा पहिरोले क्षति पु¥याएपछि असार २४ गतेदेखि अवरुद्ध बनेको दुई वटै सडक मर्मतपछि यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दुरिको बेनी–दरबाङ सडक मंगला गाउँपालिका र बेनी नगरपालिकाको सिमाना फापरखेतको घुमाउने तथा मालिका गाउँपालिका–६ बाङ्गे पहिरोमा अवरुद्ध बनेको थियो ।

Bhautik ministry notice about road

७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक अन्नपूर्ण गाउँपालिकाको रुप्से खोला र मुस्ताङको सिमाना काभ्रेभिरमा खसेको पहिरोले अवरुद्ध भएको थियो । रुप्सेखोला र काभ्रेभिरको पहिरो पन्छाएर यातायात सञ्चालन गरिएपनि बेनी देखि जोमसोम तर्फ जाने सडकको करिब चार किलोमिटर माथि रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरमा खसेको पहिरो हटाउन बाँकी छ ।

Shreekrishna hardwear in news

बेनी–जोमसोम सडकले म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्छ । प्रहरी निरीक्षक बिक्रमराज गुरुङले मर्मतपछि दुई वटै सडकमा याताया सञ्चालन भएको जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार राती तिल्केनीचौरमा खसेको पहिरोले सडकमा रोकेर राखिएका चार वटा सवारी साधनमा आंशिक क्षति पुगेको छ ।

सडक अवरुद्ध हुँदा स्थानीयबासीलाई आवत जावतका साथै ग्रामिण क्षेत्रमा खाद्यान्न र निर्माण सामग्री ढुवानी तथा कृषि उपज निकासी ठप्प बनेको थियो । जटिल किसिमको स्वास्थ्य समस्या भएका बिरामी अस्पताल पुग्न हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...