म्याग्दीका स्थानीय तहहरुलाई भू–उपयोग सम्बन्धी नक्सा हस्तान्तरण

Sinchai Khanipani notice

बेनी । नापी बिभागले म्याग्दीका स्थानीय तहहरुलाई भू–उपयोग सम्बन्धी नक्सा हस्तान्तरण गरेको छ ।

बेनीमा सोमबार आयोजित कार्यक्रममा छ वटै स्थानीय तहका पदाधीकारीहरुलाई बिद्युतीय नक्सा हस्तान्तरण गरिएको हो । बिभागका प्रमुख नापी अधिकृत इञ्जिनियर समिर कटुवालले भूउपयोग नक्सालाई आधार मानेर धेरै किसिमका काम गर्न सकिने बताउनुभयो ।

Bhautik ministry notice about road

सांस्कृतिक, पर्यटकीय क्षेत्र घोषणा, बिकास आयोजना सञ्चालन, बिपद् ब्यवस्थापन, खेतीको ब्यवसायीकरण, भूमिको क्षमता लगायत ९ वटा बिषयलाई समेटेर नक्सा तयार पारिएको कटुवालले बताउनुभयो ।

Shreekrishna hardwear in news

भूउपग्रहबाट खिचेको जमिनको तस्बिरलाई स्थलगत रुपमा माटो संकलन गरि परिक्षण गरेपछि नक्सा तयार पारिएको हो । माटोको क्षमता, वर्तमान उपभोगको अवस्था र विपद्को पुर्वअनुमान गर्न भू–उपयोग नक्साले सहयोग पुग्ने बताइएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र केसीले भुगोल अनुकुलको बिकास, पुर्बाधारका संरचना तयार पार्न, बिपद् ब्यवस्थापनका लागि नक्साको तथ्य र तथ्याङ्कलाई आधार मानेर योजना बनाउन पालिकाका पदाधीकारीहरुलाई आग्रह गर्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...