बिद्युत र इन्टरनेट ठप्प हुँदा धवलागिरी गाउँपालिकाको सेवा प्रभाबित

Gandaki Pardesh notice

गोपाल आचार्य
ताकम, २७ असार । बिद्युत र इन्टरनेट नहुँदा म्याग्दीको धवलागिरी गाउँपालिकाको सेवा प्रभावित भएको छ ।

आर्थिक वर्षको अन्तिममा गाउँपालिकाको केन्द्र मुनामा बिद्युत, मोवाइल फोन र इन्टरनेट ठप्प हुँदा सेवाग्राहीलाई झञ्जट भएको छ । जनप्रतिनिधी, कर्मचारीलाई काम गर्न अप्ठ्यारो भएर तनावमा परेका छन् । बर्षातसँगैको पहिरोले बिद्युतको पोल, लाइन र इन्टरनेटको फाइबर चुडाएपछि प्रशासनिक, आर्थिक लगायतका काम प्रभावित भएको हो ।

असार पहिलो हप्ता गाउँपालिकाको कार्यालयमा केन्द्रिय प्रशारण लाइनको बिद्युत जडान गरिएको थियो । बिद्युत नभएपछि नेपाल टेलिकम र निजी कम्पनीको इन्टरनेट अवरुद्ध बनेको छ । गत सोमबारदेखि गाउँपालिकाको केन्द्र मुनामा बिद्युत र इन्टरनेट बन्द भएको थियो । मुदीको डाडामा रहेको टेलिकमको टावरमा बिद्युत आपुर्ति नहुँदा काम गरेको छैन् ।

Shreekrishna hardwear in news

तत्कालै नबन्ने देखिएपछि ताकम स्थित वडा नम्बर ७ को कार्यालयमा आएर काम गर्न थालेका छन् । प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले अरु कुनै बिकल्प नभएपछि ताकम आएर आर्थिक, प्रशासनिक काम गर्नुपरेको बताउनुभयो ।

Bhautik ministry notice about road

“महत्वपूर्ण सूचना आदानप्रदान देखि लेखाको सबै काम गर्न इन्टरनेट र बिद्युत आवश्यक पर्छ । तीन दिनसम्म कुरेर बस्यौ,” उहाँले भन्नुभयो “छिट्टै बिजुली र इन्टरनेट मर्मत नहुने देखिएपछि ताकम आएर काम गरेका छौ ।”

प्रशासकीय अधिकृत शर्मा, लेखा अधिकृत कृष्ण खराल लगायत आठ जना लेखा, प्रशासन र प्राबिधिक शाखाका कर्मचारी शुक्रबार ताकम आउनुभएको थियो । दुई जना काम सकेर मुना फर्कनुभएको छ । छ जनाले वडा कार्यालयको भवनमा बसेर काम गरिरहनुभएको छ ।

आर्थिक वर्षको अन्तमा योजना तथा कार्यक्रमको भुक्तानी गर्ने देखि धेरै किसिमका प्रशासनिक कामको चाप हुन्छ । अति आवश्यक पुर्बाधारको अभावमा कर्मचारी र सेवाग्राहीहरुलाई यता उता गरिरहदाँ समस्या भएको छ । झञ्जट भएको छ । कागजात पु¥याउन, नमिलेको बनाउन समस्या भएको हो ।

ताकममा बिद्युतको बैकल्पिक ब्यवस्था भएपनि आइतबार सम्म नियमित इन्टरनेट थिएन् । टेकमाइन्ट कम्पनीको नेट र मोवाइलको डाटाबाट फोर जी चल्न थालेपछि केही सहज भएपनि काम गर्न साह्ै समस्या भएको कर्मचारीले बताएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...