बरंजाका सत प्रतिशत योजना कार्यान्वयन

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मंगला गाउँपालिका–३ र ४ बरंजामा चालु आर्थिक वर्षमा बजेट बिनियोजन भएका सत प्रतिशत योजना कार्यान्वयन भएका छन् ।

दुई वटै वडाका जनप्रतिनिधी, प्राबिधिक, उपभोक्ता समिति र स्थानीयबासीको सक्रियताका कारण कोरोनाको जोखिम, निषेधाज्ञा र छिटो सुरु भएको बर्षातका बाबजुद योजनाहरु कार्यान्वयन गरेका हुन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

लागत अनुमान अनुसारको काम सकेर सबै उपभोक्ता समितिले भुक्तानी लिइसकेका वडाका जनप्रतिनिधीहरुले बताउनुभयो । मंगला गाउँपालिकाले वडा नम्बर ३ मा २२ र ४ मा २४ वटा योजनाका लागि बजेट बिनियोजन गरेको थियो ।

यसैगरी सांसद बिकास तर्फ दुई वटा, जिल्ला समन्वय समितिको अनुदानका दुई वटा र भैपरी आउने र बिपद् सम्बन्धी सात वटा योजना सम्पन्न भएका मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडाका योजना हेर्ने प्राबिधिक बिपिन आचार्यले बताउनुभयो ।

सडक, भवन, खानेपानी, सिचाई, पदमार्ग, खेलमैदान लगायतका योजना सञ्चालन भएका थिए । राष्ट्रिय योजना आयोग र गाउँपालिकाको साझेदारीमा सञ्चालित पोक–सातबिसे–ज्यामिरे–तोरिडाडा– ३ नम्बर वडा कार्यालय हुदै ४ नम्बर वडा कार्यालय जोड्ने सडक पनि ठेक्का मार्फत बिस्तार, नाली, ग्यावीयन र मेसिनरी पर्खाल निर्माण गर्ने काम लक्ष्य अघिनै सकिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...