बिप्लप नेतृत्वको नेकपाको म्याग्दीमा श्रमशिविर

Sinchai Khanipani notice

बेनी । नेत्रबिक्रम चन्द् (बिप्लप) नेतृत्वको नेकपा म्याग्दीले श्रमशिविर सुरु गरेको छ ।


कार्यकर्तालाई जनता र उत्पादनमा जोड्न कृषिसँग सम्बन्धित श्रमशिविर सुरु गरेको नेकपा म्याग्दीले जनाएको छ । यो शिविर मार्फत नागरिकलाई मकैबाली भित्र्याउन, धान र कोदो रोपाइमा सघाउने उनिहरुको लक्ष्य छ ।

Bhautik ministry notice about road

जस अन्तरगत शनिबार बेनी नगरपालिकाको २ नम्बर वडा बगरफाँटमा धान रोपाई गर्न विप्लप नेकपाका कार्यकर्ताहरुले श्रमदान गरेका छन् । २० जनाले धान रोप्ने, खेत हिल्याउने, झाडी ब्यवस्थापन गर्ने काम गरेका थिए ।

Shreekrishna hardwear in news

अनेमसंघ क्रान्तिकारीका केन्द्रिय सचिव उषा घर्ति घिमिरे, अनेरास्ववीयु क्रान्तिकारीका धौलागिरी ब्युरो इञ्चार्ज सुरेन्द्र बस्नेत लगायत नेता कार्यकर्ताहरु श्रमशिविरमा सहभागी हुनुभएको थियो । जिल्लाका अन्य स्थानमा पनि श्रमशिविर चलाएर नागरिकलाई खेतीबाली लगाउन सघाउने सो पार्टीले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...