बरंजा जोड्ने नमुना सडक स्तरोन्नति

Shreekrishna hardware

बरंजा । म्याग्दीको मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ मा पर्ने बरंजालाई पालिकाको केन्द्र बाबियाचौर जोड्ने पोक–बरंजा सडक स्तरोन्नति भएको छ ।

बि.स.२०७५ मा गाउँपालिकाले ट्याक खोलेको पोक–सातबिसे–ज्यामिरे–तोरीडाँडा–खस्रुपानी–३ न. वडा कार्यालय हुदै ४ नम्बर वडाको कार्यालय रहेको बुकेनी जोड्ने सडकको ज्यामीरे, ३ नम्बर वडा कार्यालय, पहिरो खोरीया, खस्रुपानी र तोरीडाडा क्षेत्रमा स्तरोन्नति गरिएको हो ।

रु. दुई करोड ८० लाख ९८ हजार ३२४ मा गत माघमा ठेक्का सम्झौता गरेको देब एण्ड सायर–तिलक जेभीले निर्धारित समयभित्रनै काम सकेको जनाएको छ । असार महिनासम्म ठेक्काको म्याद भएपनि जेठमै काम सकिएको देब एण्ड सायर तिलक जेभीका साइट इञ्चार्ज लालबहादुर रोकाले बताउनुभयो ।

Shreekrishna

“सडक फराकिलो बनाउने, ग्यावीयन, मेसिनरी पर्खाल, नाली निर्माण, ग्रेड र मोड सुधार गरिएको छ,” उहाँले भन्नुभयो “कोरोनाको जोखिम र निषेधाज्ञाको असहज अवस्थामा पनि पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री जुटाएर लक्ष्य अघिनै सडक निर्माण गरेका हौ ।”

Ban devision notice

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाका अनुसार गत वर्ष रु. एक करोड ८३ लाखमा यो सडकको पोक देखि ज्यामीरे हुदै पहिरो खोरीया क्षेत्रमा स्तरोन्नति गरिएको थियो । राष्ट्रिय योजना आयोग र गाउँपालिकाको साझेदारीमा यो सडक स्तरोन्नतिका लागि बहुबर्षे क्रमागत आयोजना सञ्चालन गरिएको अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

बाह्ै महिना नियमित यातायात सञ्चालन गर्ने लक्ष्य सहित ग्रामिण क्षेत्रको नमुना सडक आयोजना सञ्चालन गरिएको हो । यसअघि तीन देखि चार मिटर चौडा भएको सडकलाई बिस्तार गरेर सात मिटर फराकिलो बनाइएको छ । मापदण्ड अनुसारको मोड र ग्रेड बनाइएको प्राबिधिक बिपिन आचार्यले बताउनुभयो ।

साबिक बरंजा गाबिसमा पर्ने ३ र ४ नम्बर वडाका बासिन्दाको गाउँपालिकाको केन्द्र बाबियाचौर बजारसँग सहज पहुँच स्थापित गराउन यो सडकलाई प्राथमिकता दिएको छ । यो सडकबाट एक हजार भन्दा बढी घरधुरी लाभान्वित हुने भएका छन् ।

यो गाउँपालिकाको गौरबको आयोजना हो । पोक देखि बुकेनी सम्मको दुरी ६ किलोमिटर छ । पहिरो र भुक्षय रोकथामका लागि बिस्तार गरिएको सडक छेउछाउमा अम्रिसो, राइखन्यु लगायत घाँसका बिरुवा रोपिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...