राष्ट्रिय युवा संघद्धारा खन्तिमा बृक्षारोपण

Sinchai Khanipani notice

जोमसोम, । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ जिल्ला कमिटि मुस्ताङले शुक्रबार थासाङ गाउँपालिकाको खन्ति स्थित ओमबिकास चोकमा वृक्षारोपण गरेको छ ।
देशभर पाँच लाख बिरुवा वृक्षारोपण गर्न संघले असार १७ गतेदेखि सुरु गरेको अभियान अन्तरगत मुस्ताङमा पनि वृक्षारोपण गरिएको संघका स्थायी कमिटि सदस्य सम्राट गौचनले बताउनुभयो ।

२५ वटा सल्ला, धुपी र फुल प्रजातिका बिरुवा रोपिएको थियो । राष्ट्रिय युवा संघ मुस्ताङका अध्यक्ष बुद्धीमाया थकालीको अध्यक्षता र पुर्व जिविस सभापति आनन्द शेरचनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Bhautik ministry notice about road

प्रमुख अतिथि शेरचनले रोपिएका बिरुवाको हेरचाह र संरक्षण गरेर हुर्काउनु पर्ने बताउनुभयो ।

Shreekrishna hardwear in news

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...