दुरलेकमा पदमार्ग र आश्रयस्थल निर्माण

Sinchai Khanipani notice

बेनी, मालिका गाउँपालिका–२ रुमको शीरमा रहेको दुरलेक डाँडा जोड्ने पदमार्ग र आश्रयस्थल निर्माण भएको छ ।

गण्डकी प्रदेश सरकारको रु. ३५ लाख अनुदानमा स्थानीयबासीले उपभोक्ता समितिले पदमार्ग र आश्रयस्थल निर्माण गरेका हुन् । पुर्बाधार बिकास कार्यक्रमको रु. २५ लाख बजेटबाट पदमार्ग र पर्यटन पुर्बाधार कार्यक्रमको रु. दश लाख बजेटले आश्रयस्थल निर्माण भएको मालिका गाउँपालिका–२ का वडा अध्यक्ष नरबहादुर पुनले जानकारी दिनुभयो । प्रदेश सांसद नरदेवी पुनको सिफारिसमा पुर्बाधार बिकास कार्यक्रमको बजेट बिनियोजन भएको हो ।

Shreekrishna hardwear in news

“ओझेलमा परेको दुरलेकको पर्यटन बिकासका लागि पुर्बाधार बनाएका हौ,” उहाँले भन्नुभयो “पुर्बाधार बनेपछि पर्यटकलाई सुबिधा पुग्ने र चहलपहल बढ्ने अपेक्षा गरेका छौ ।” दुरलेकको झण्डी देखि मन्दिर सम्मको दुई किलोमिटर पदमार्ग निर्माण भएको छ ।

उकालो र भिरालोमा ढुङ्गाको सिढी चिनेर र बिछ्याएर पदमार्ग बनाएको उपभोक्ता समितिका अध्यक्ष लालु पुनले बताउनुभयो । पदमार्गको चौडाई १.५ मिटर छ । पदमार्ग बनेपछि चिप्लो बाटोमा लडेर दुर्घटना हुने र बाटो बिराउने समस्या हटेको स्थानीय भक्तबहादुर पुनले बताउनुभयो ।

Bhautik ministry notice about road

बस्ती देखि टाढा रहेको दुरलेकमा पदमार्ग बनाउन रुमका ६५ जना मजदुरहरु करिब ४५ दिन जंगलमै बास बसेका थिए । जंगलमै अस्थाई टहरा बनाएर खानेबस्ने ब्यवस्था मिलाएर मजदुरलाई राखिएको थियो ।

यसैगरी प्रदेश सरकारकै रु. दश लाख सहयोगमा दुरलेक नजिकै पाहुनाहरुको सुबिधाका लागि आश्रयस्थल निर्माण भएको छ । दश मिटर लम्बाई र पाँच मिटर चौडाई भएको एक तले आश्रयस्थलको भवन बनाइएको छ । दुरलेक घुम्न जाने पर्यटकलाई रातको समयमा बास बस्न सहज होस भनेर आश्रयस्थल बनाइएको हो ।

समुद्री सतहदेखि तीन हजार छ मिटर उचाइमा रहेको दुरलेक डाँडो अथाह पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको छ । दुरलेकले बागलुङको ताराखोला, बुङ्गादोभान र तमानको सीमा क्षेत्रलाई समेटेको छ ।

अग्लो डाँडो दुरलेकबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े, चुरेनलगायतका हिमशृङ्खलासँगै म्याग्दी र बागलुङका विभिन्न गाउँबस्तीको अवलोकन गर्न सकिन्छ । सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न त्यहाँ आन्तरिक पर्यटक जाने गरेका छन् । दुरलेकमा पाँचऔले, सतुवालगायतका बहुमूल्य जडीबुटीसमेत पाइन्छ । अनौठा आकृतिका आकर्षक ढुङ्गाहरु छन् ।

हिउँदमा सडकमार्ग भएर रुम हुँदै घ्याङ्लेपानी तथा त्यहाँबाट झण्डै चारदेखि पाँच घण्टाको पैदल यात्रापछि दुरलेक पुग्न सकिन्छ । सो क्षेत्रमा स्थानीयवासीले बर्खामा गोठ राख्ने गरेका छन् । दुरलेकमा खानेपानीको ब्यवस्थापन र मन्दिर निर्माण गरेर हिउँमा खेलिने स्कि खेलको सम्भाव्यता अध्ययन गर्न पहल गरेको वडा अध्यक्ष पुनले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...