बिप्लप नेकपाका भातृ संगठनहरुको बेनीमा प्रर्दशन

Gandaki Pardesh notice

बेनी । नेक्रबिक्रम चन्द् (विप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भातृ संगठनहरुले शुक्रबार बेनीमा बिरोध प्रर्दशन गरेका छन् ।

युवा, महिला, बिद्यार्थी संगठनले संयुक्त रुपमा बिरोध ¥यालीका साथै जिल्ला प्रशासन कार्यालय परिसरमा कोणसभा गरेका थिए । पछिल्लो पटक भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धी र चितवनकी युवति सुजिता भण्डारी लगायत हत्या प्रकरणको बिरोधमा सरकार बिरुद्ध नाराबाजी सहित प्रर्दशन गरेका थिए ।

कोणसभामाका बत्ताहरुले सरकार कोरोना महामारी, भ्रष्ट्राचार नियन्त्रण, विपद् ब्यवस्थापन, शान्ति सुरक्षा कायम गर्न पूर्ण रुपमा असफल भएको र अहिलेको राज्य ब्यवस्थानै ठिक नभएको बताएका थिए । संसदीय ब्यवस्था असफल भएकाले जनमत संग्रह गरेर यसको बिकल्प खोज्नुपर्ने वत्ताहरुको भनाई थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

अनेमसंघ क्रान्तिकारीका केन्द्रिय सचिव उषा घर्ति घिमिरे, बिद्यार्थी संगठनका धौलागिरी ब्युरो इञ्चार्ज सुरेन्द्र बस्नेत लगायतले जघन्य अपराध र भ्रष्ट्राचारमा संलग्न कमिसन खोरहरुलाई राज्यले संरक्षण गरेकाले पिडितले न्याय पाउन नसकेको भन्दै आवाज उठाउन र दवाव दिनुपरेको बताउनुभएको थियो ।

सुजिता भण्डारी लगायत हत्या, बलात्कारका घटनाको सत्यतथ्य अनुसन्धान, दोषीलाई कारबाही र पिडितलाई न्याय दिलाउन माग गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...