म्याग्दीका थप तीन पालिकामा आयुर्वेदको सेवा बिस्तार

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा आयुर्वेद सम्बन्धी स्वास्थ्य सेवा बिस्तार भएको छ । बेनीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सबै पालिकामा इकाई स्थापना गरेर सेवा बिस्तार गरेको हो ।

चालु आर्थिक वर्ष २०७७÷०७८ मा मंगला, मालिका र धवलागिरी गाउँपालिकामा नागरिक आरोग्य केन्द्र स्थापना गरेर सेवा बिस्तार गरेको बिहिबार बेनीमा भएको वार्षिक समिक्षा गोष्ठिमा जानकारी गराइएको थियो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख प्रेम गौतमले आयुर्वेद स्वास्थ्यको पहुँच बिस्तार गर्न प्रदेश सरकारको नीति अनुसार तीन ठाउँमा नागरिक आरोग्य केन्द्र सुरु गरेको बताउनुभयो । केन्द्रमा बैद्यको नेतृत्वमा आयुर्वेद स्वास्थ्यकर्मीको ब्यवस्थापन गरिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसअघि बेनीको कालीपुलमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सहित रघुगंगाको भगवति र अन्नपूर्णको दानामा आयुर्वेद औषधालय थिए । जडिवुटीको प्रयोगबाट बनाइने औषधी, योग, ध्यान, स्वस्थ्य खानपान र ब्यवहारबाट स्वास्थ्यमा सुधार ल्याउन सकिने भएकाले पछिल्लो समय आयुर्वेद चिकित्स बिधीप्रति आकर्षण बढेको छ ।

आयुर्वेदिक औषधीको अन्य असर नदेखिने भएकाले यसको उपभोगमा नागरिक आकर्षित भएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष जिबनबहादुर विश्वकर्माले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पनि सेवा बिस्तार गरिएको बताउनुभयो ।

गत वर्ष योग हल निर्माण भएको केन्द्रको भवन परिसरमा यस वर्ष पञ्चकर्म बिधीबाट उपचारका लागि प्रिफेक प्रबिधीको अर्को भवन निर्माण अन्तिम चरणमा पुगेको छ । प्रयोगशाला सेवा सुरु गर्न उपकरण ब्यवस्थापन र एक जना ल्याब टेक्निसियन नियुक्त भएका छन् ।

कार्यालयका सहायक लेखापाल सुवासचन्द्र पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र मंगला गाउँपालिकाको २ नम्बर वडाका अध्यक्ष धनबहादुर खाती क्षेत्रीले आयुर्वेद उपचार पद्दति र औषधीको बिषयमा प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...