बेगको सिममा पहिरोबाट पाँच परिवार बिस्थापित

Gandaki Pardesh notice

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगको सिमफाँटमा पहिरोबाट पाँच परिवार बिस्थापित भएका छन् ।

Bhautik ministry notice about road

बस्ती नजिकैको पाखो धाँजा फाटेर चिरा चिरा परि पहिरो बनेर बग्न थालेपछि सिमफाँटको चुत्रेनी बस्तीनै छियाछिया बनेको छ । चुत्रेनीको छिमेकी गाउँ पञ्चासेका झलक आचार्यका अनुसार घरका पर्खाल चर्किएर बस्नै नमिल्ने भएपछि गोठमा बस्न थालेका छन् ।

जमिन भासिएको छ । चिरा चिरा परेर धाँजा फाटेको छ । कर्णबहादुर पुर्जा, यामकुमार पुर्जा, नरबादुर पुर्जा र हिमबहादुर बिकको परिवार बिस्थापित भएका हुन् । सयौ रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...