म्याग्दीमा असार मसान्त सम्म निषेधाज्ञा लम्बाइयो

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञालाई केही खुकुलो पारेर असार मसान्तसम्म लम्बाइएको छ ।

गत बैशाख २२ गतेदेखि सुरु भएको निषेधाज्ञा असार ३१ गते राती १२ बजेसम्मलाई निरन्तरता दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला कोभिड ब्यवस्थापन समितिको सिफारिसमा सुरक्षा समितिको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

Bhautik ministry notice about road

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बैंक तथा बित्तीय संस्थाहरुलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कार्यालय समयभित्र पुरा सञ्चालन गर्न दिने नयाँ निर्णय भएको बताउनुभयो । यसअघि सरकारी कार्यालयमा तोकिएको आलोपालो प्रणाली र पसल ब्यवसाय बिहान ५ देखि दिउँसो १ बजेसम्म खोल्ने निर्णयले निरन्तरता पाएको छ ।

Shreekrishna hardwear in news

पछिल्लो निर्णय अनुसार मोटरसाइकल चलाउन पाइनेछ । १०२ जनामा एन्टिजेन परिक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको मंगला गाउँपालिकाको वडा नम्बर १ को पुर्णगाउँलाई गाउँपालिकाको सिफारिस अनुसार सिल गरिएको छ ।

म्याग्दीमा हालसम्म दुई हजार ५७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार बेनी नगरपालिकामा १३, अन्नपूर्णमा ५ र रघुगंगा गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । १६३ जना सक्रीय कोरोना संक्रमित भएको म्याग्दीमा बुधबार २८ जनाले कोरोना जितेर आइसोलेशनमुक्त भएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...