सात परिवारलाई स्थानान्तरण, सडक अवरुद्ध

Sinchai Khanipani notice

बेनी । बाढी र पहिरोको जोखिममा परेका म्याग्दीको मंगला गाउँपालिका–५ छिसबाङ र मालिका गाउँपालिका–६ दुखुका सात परिवारलाई सारिएको छ ।

छिस्बाङ खहरे खोलामा आएको बाढीले क्षति पु¥याई र जोखिम बनाएका छिस्बाङका ६ र दुखुका १ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बुधबार बिहान खहरेखोलामा आएको बाढीले छिस्बाङ स्थित थमबहादुर बुढाथोकीको घर भत्काउदाँ त्यहाँ बस्ने मालिका–६ का २२ वर्षीय गजिन रोका र उनकी श्रीमति बिनाको मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलको नेतृत्वमा खटिएको प्रहरी, जनप्रतिनिधी र स्थानीयबासीको टोलीले बाढीले पुरिएका शवको खोजी र जोखिमयुक्त घरका मानिस तथा सामान सारेको थियो । खहरेखोलाको बाढीले छिस्बाङका तीन वटा घर बस्ने नमिल्ने गरेर क्षति गरेको छ । सात परिवारका १५ जना महिला र ११ जना पुरुषलाई सारिएको प्रहरीले जनाएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसैगरी दुई दिनदेखिको निरन्तरको बर्षाका कारण म्याग्दीको ग्रामिण क्षेत्रलाई सदरमुकाम बेनीसँग जोड्ने सडक अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक बिक्रमराज गुरुङका अनुसार बेनी–जोमसोम, बेनी–बागलुङ र बेनी–दरबाङ सडक अवरुद्ध भएको छ ।
राहुघाट, बेगखोला, रुप्से छहरा र नैनी बगरको पहिरोले बेनी जोमसोम सडक अवरुद्ध भएको हो । रत्नेचौरको रानीबनमा खसेको पहिरोले बेनी–बागलुङ सडक अवरुद्ध बनेको छ । फापरखेतको घुमाउने र बाङ्गेपहिरोमा पहिरोले मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सरदमुकाम बेनीसँग जोड््ने बेनी–दरबाङ सडक अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई आवत जावतमा समस्या भएको छ । बिरामीलाई अस्पताल पु¥याउन हेलिकप्टर खोज्नुपर्ने अवस्था आएको छ । खाद्यान्न र निर्माण सामग्री ढुवानी तथा ग्रामिण क्षेत्रमा उत्पादन भएको आलु, तरकारी, दूध निकासी गर्न समस्या भएको छ ।

पुर्बाधार बिकास कार्यालय, बेनी–जोमसोम–कोरला सडक आयोजना र सम्बन्धित पालिकाहरुले सडक खुलाउने प्रयास गरेपनि निरन्तरको बर्षातका कारण समस्या भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...