घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको गतिबिधी सार्वजनिक

Gandaki Pardesh notice

बेनी । म्याग्दी जिल्लामा पछिल्लो एक वर्षको अवधिमा ७६२ वटा उद्योग र ब्यवसायिक फर्म थप भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयमा म्याग्दीका नयाँ ५०० वटा उद्योग र २६२ वटा बाणिज्य फर्म दर्ता भएका हुन् । २०७७ साउन देखि २०७८ असार अन्तिम हप्तासम्म दर्ता भएका उद्योग र बाणिज्य फर्मबाट रु. २६ लाख आठ हजार १२३ रुपैयाँ राजस्व संकलन भएको कार्यालयका प्रमुख नन्दलाल पौडेलले जानकारी दिनुभयो ।

”पहिलेदेखिनै सञ्चालन भएका उद्योग तथा फर्महरु कानुनी दायारामा आउनुका साथै उद्यम ब्यवसायतर्फको आकर्षणका कारणले दर्ता संख्या बढेको हो,” उहाँले भन्नुभयो “नयाँ फर्म तथा उद्योग दर्ता गर्नेमा धेरैजसो युवा छन् ।”

Shreekrishna hardwear in news

उद्योग दर्ताबाट रु. १४ लाख ३४ हजार १२३ र बाणिज्य फर्म दर्ताबाट रु. ११ लाख ७४ हजार राजस्व संकलन भएको हो । नयाँ दर्ता भएका ५०० वटा मध्य ३६८ वटा कृषि तथा वन पैदावारमा आधारित छन् । यसअघि दर्ता भएका २९८ उद्योग र ३९८ वटा वाणिज्ण फर्म नविकरण भएका छन् । नयाँ दर्ता भएका सहित म्याग्दीमा उद्योगको संख्या दुई हजार ३१६ र बाणिज्य फार्म दुई हजार ३७१ पुगेको छ ।

Bhautik ministry notice about road

यसैगरी चालु आर्थिक वर्षमा कुल रु. एक करोड १६ लाख २८ हजार बजेट बिनियोजन भएको घरेलु कार्यालयले भौतिकतर्फ ९९ र बित्तीय तर्फ ७६ प्रतिशत प्रगति गरेको जनाएको छ । २८५ जनालाई सिपमुलक तालिम प्रदान गरेको छ ।

१५१ जनालाई उद्यमशिलता बिकास, ३८ जनालाई युवा उद्यमशिलता सिप बिकास, २७ जना उद्यमी सिर्जना, १६ जनालाई उद्योग प्रर्वद्धन, कोरोनाका कारणले श्रम छाडी घर फर्केका ३५ जनालाई सिप बिकास, १८ जनालाई परम्परागत सिपमा आधारित ब्यवसाय प्रर्वद्धन तालिम प्रदान गरेको छ ।

अल्लो तथा ढाकाको झोला, पर्स डिजाइन, हलुका सवारी चालक, सिलाई कटाई, ब्युटी पार्लर, कम्प्युटर, हावस वायरीङ सम्बन्धी तालिम दिएको हो । ११ पटक ११८ वटा पसल तथा फर्मको बजार अनुगमन गरेको छ । १६ जना उद्यमीलाई रु. १३ लाख ७६ हजार मूल्य बराबरको उपकरण बितरण गरेको छ ।

कार्यालयले बुधबार बेनीमा समक्षा कार्यक्रमको आयोजना गरेर वार्षिक गतिबिधी सार्वजनिक गरेको हो । कार्यक्रममा सहभागी जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायतले सिपमुलक तालिम र बजार अनुगमनलाई प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...