फुलबारीमा बन्यो गुराँस पार्क (भिडियो रिपोर्ट सहित )

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ फुलबारीमा गुराँस पार्क (उद्यान) निर्माण भएको छ ।

डिभिजन वन कार्यालय म्याग्दीले राष्ट्रिय फुल गुराँसको संरक्षण र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले उद्यान बनाएको हो । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम अनुसार नेसरानी सामुदायिक बनको फुलबारीमा गुराँस उद्यान बनाएको कार्यालयले जनाएको छ ।

सहायक बन अधिकृत नबिन बिश्वकर्माले रु. दश लाख अनुदान सहयोगमा समूहले २० रोपनी पाखो सम्माएर घेराबार गरि गुराँसको बगैचा बनाएका जानकारी दिनुभयो । “गुराँस सूचना केन्द्र, पर्यटकको सुबिधाको लागि परम्परागत शैलीको गोलघर र सार्वजनिक शौचालय निर्माण भएको छ,” उहाँले भन्नुभयो “ देशका विभिन्न ठाउँबाट गुरासँको बिरुवा ल्याएर यो रोप्न लागिएको छ ।”

Shreekrishna hardwear in news

गत फागुन महिनादेखि सुरु भएको उद्यान निर्माण कार्य यसै हप्ता सकिएको छ । नेसरानी सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष लालबहादुर गर्बुजाले उद्यानलाई गुराँसको अध्ययन तथा सूचना केन्द्रको रुपमा बिकास गर्ने लक्ष्य रहेको बताउनुभयो ।

Bhautik ministry notice about road

अन्नपूर्ण गाउँपालिकाको वडा न. ५, ६, ७ र ८ मा पर्ने बयली, घोडेपानी, फुलबारी, मोहरेडाडा क्षेत्रमा गण्डकी प्रदेशमै ठूलो लालीगुरासँको जंगल भएको दावी गरिएको छ । नेपालमा पाइने ३१ प्रजातिका मध्य यहाँ ८ प्रजातिका गुराँस पाइन्छ ।

फुलबारीको गुराँसको जंगलको पृष्ठभूमीमा धौलागिरि, गुर्जा र निलगिरि हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । फुलबारी अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गमा समेटिएको छ ।

फुलबारी करबाकेली पदमार्गको पनि मुख्य गन्तब्य हो । यहाँ रातो, सेतो, गुलाबी, सुन्तला लगायत रंगका गुराँसका प्रजाति छन् । उद्यान परिसरको समथर भुगोलबाट पृष्ठभूमिमा हिमशृङखलाको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।

फागुन–चैत र बैशाख महिनामा पाखाभरी ढकमक्क फुल्ने लालिगुराँसले घोडेपानी क्षेत्रको जंगल आकर्षक देखिन्छ । गुरासँको जंगलको पृष्ठभूमिमा हिमाल र पहाडी भूगोलको मनमोहक दृष्य अवलोकन गर्न पाउनु यस क्षेत्रको बिशेषता हो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले गुराँसको संरक्षणसँगै पर्यटक प्रर्वद्धनका लागि गुराँस पार्क निर्माण गर्न प्रदेश सरकारलाइ प्रस्ताव गरिएको बताउनुभयो । अध्यक्ष पुनले घोडेपानी, पुनहिल, फुलबारी, मोहरेडाडा र प्यारीबाराही ताल जोड्ने सहायक पदमार्ग पहिचान भएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...