पाखापानी–कोटगाउँ जोड्ने २६५ मिटर लामो पुल निर्माण

Gandaki Pardesh notice

पाखापानी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको घोप्टेखोलामा २६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ ।

पुर्बाधार बिकास कार्यालय म्याग्दीले ठेक्का मार्फत पाखापानीको कमनाथ र कोटगाउँको सिमानामा रहेको घोप्टेखोलामाथि झोलुङ्गे पुल निर्माण गरेको हो । यो पुल निर्माणका लागि हिमशिखर÷जयलक्ष्मी जेभीले बि.स. २०७६ फागुन ९ गते रु. दुई करोड ६२ लाख तीन हजार ४४३ मा ठेक्का सम्झौता गरेको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सम्झौता अनुसार २०७८ साउन ८ गते पुल निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । निर्माण कम्पनीले लक्ष्य अघिनै पुल निर्माण गरेको पुर्बाधार बिकास कार्यालयका प्रमुख नवराज पौडेलले बताउनुभयो ।

पुल निर्माण भएपछि पाखापानीको कमनाथ, कोटगाउँ, रायखोर, मुलपानीका पाँच सय भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले कोटगाउँ र कमनाथको करिब एक घण्टाको बाटो बीस मिनेटमा छोटिएको बताउनुभयो ।

भिर, जंगल र खोल्साको घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । कमनाथमा रहेका वडा कार्यालय, स्वास्थ्य चौकी र अमर माविमा आउन जान स्थानीयबासीलाई सहज भएको छ । सबैभन्दा बढी सहज बिद्यार्थी र जेष्ठ नागरिकहरुलाई भएको छ ।

यो पुल पर्यटनका हिसाबले पनि महत्वपूर्ण बन्ने देखिएको छ । लामो दुरिको पुल अवलोकन गर्न पर्यटक आउने सम्भावना छ । यो म्याग्दीको दोस्रो लामो पुल हो । यसअघि रघुगंगा गाउँपालिकाको वडा न. १ बेग र बादुक जोड्ने ३६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...