जलजलाका २३ बिद्यालयलाई ल्यापटप बितरण

Sinchai Khanipani notice

बेनी । पर्वतको जलजला गाउँपालिकाले सोमबार १–५ तहको पठनपाठन हुने २३ वटा आधारभूत बिद्यालयलाई ल्यापटप बितरण गरेको छ ।

लामाखेतमा भएको बाल सहयोगी कार्यकर्ता, बिद्यालय कर्मचारी तथा बिद्यालय सहयोगीहरुसँग अन्तरक्रिया कार्यक्रममा एक÷एक वटाका दरले ल्यापटप बितरण गरेको हो ।

गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), सामाजिक बिकास समितिका संयोजक तथा वडा नम्बर २ का अध्यक्ष गोबिन्द खत्री र प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बिद्यालयका प्रअ तथा शिक्षकहरुलाई ल्यापटप बितरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

शसर्त अनुदानको सूचना प्रबिधी सम्बन्धी कार्यक्रमले समेट्न नसकेका १–५ तहका आधारभूत बिद्यालयको प्रशासनिक कार्यलाई सहज र प्रबिधीमैत्री बनाउन तथा सिकाई क्रियाकलापमा प्रबिधीको प्रयोगका लागि पालिकाको स्रोतबाट बजेट ब्यवस्थापन गरेर ल्यापटप उपलब्ध गराएको प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

सामाजिक बिकास समितिका संयोजक खत्रीले १–३ तहका बिद्यालयलाई आगामी बर्ष ल्यापटप उपलब्ध गराउने, इन्टरनेट जडान गर्न सबै बिद्यालयमा १२ हजार रुपैयाँका दरले निकासा गरिएको र अहिले ल्यापटप दिएका बिद्यालयलाई अर्को बर्ष प्रिन्टर बितरण गर्न कार्यक्रम रहेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष मल्लले संघीय सरकारले बजेटको ब्यवस्था नगरि बालबिकास सहयोगी र बिद्यालय कर्मचारीको तलब बढाउने घोषणा गरेपछि पालिकाहरुलाई अप्ठ्यारो परेको बताउनुभयो ।

जलजलामा बालबिकास सहयोगी र मावीका लेखा कर्मचारीलाई मासिक १५ हजार, १२ कक्षा सम्म पढाई हुने माविका सहयोगीलाई मासिक ११ हजार, १–३का सहयोगीलाई मासिक ९ हजार र आधारभूत तहलाई मासिक १० हजार तलब उपलब्ध गराउन बजेट ब्यवस्था गरेको अध्यक्ष मल्लले बताउनुभयो ।

कक्षा १ देखि ४ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको जलजलाले बिद्यालय समायोजन, दरबन्दि मिलान, शिक्षक ब्यवस्थापन र मन्टेश्वरी तालिम सञ्चालन गर्ने योजना बनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...